सुपरस्टार रजनीकान्तलाई प्रतिष्ठित ‘दादा साहेब फाल्के अवार्ड’

दक्षिण भारतीय फिल्म सुपरस्टार रजनीकान्तलाई प्रतिष्ठित दादा साहेब फाल्के पुरस्कार दिइने भएको छ । केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले सामाजिक संजालमा ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले, रजनीकान्तलाई चलचित्र क्षेत्रमा गरेको योगदानलाई हेरेर सरकारले यो निर्णय गरेको बताउँदै यसलाई राजनीतिसँग जोड्न नमिल्ने बताए ।

एक पत्रकार सम्मेलनमा उनले भने, ‘यो वर्षको दादा साहेक फाल्के पुरस्कार महान नायक रजनीकान्तलाई दिने घोषणा गर्दा हामीलाई खुशी लागेको छ । रजनीकान्तले विगत पाँच दशकदेखि सिनेमाको संसारमा राज गरेका छन् र मानिसहरूलाई मनोरञ्जन दिइरहेका छन् । त्यसैले पुरस्कारका निर्णायकहरूले उनलाई विभूषित गर्ने निर्णय लिएका छन् ।’

WRITE COMMENTS FOR THIS ARTICLE