सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल निर्माण हुने…

सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ ।  निर्देशक रामबाबु गुरुङले चलचित्र ‘कबड्डी–४’ निर्माणको घोषणा गरेका छन् । उनले चौथो सिरिज ‘कबड्डी’को अन्तिम सिरिज हुने पनि बताएका छन् । गुरुङले चलचित्र २०७८ मा रिलिज हुने सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

बाँसुरी फिल्म प्रोडक्सनको प्रस्तुति चलचित्र ‘कबड्डी–४’ को कथा पनि उनी स्वयंले लेखेका छन् । अन्य स्क्रिप्टमा पनि काम गरेका उनले सुरुमा ‘कबड्डी–४’ लिएर आएका हुन् । उनले पछिल्लो समय धुर्मुस–सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ निर्देशन गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE