सुपरहिट फिल्म ‘कबड्डी–४’ असोज १५ गतेबाट रिलिज हुने…

सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेलको प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको छायांकन नै प्रारम्भ नभई यसको निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो । फिल्म आउँदो बर्षको असोज १५ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।

बाँसुरी फिल्म प्रोडक्सनको प्रस्तुति चलचित्र ‘कबड्डी–४’ को कथा पनि निर्देशक रामबाबु गुरुङले लेखेका छन् । अन्य स्क्रिप्टमा पनि काम गरेका उनले सुरुमा ‘कबड्डी–४’ लिएर आएका हुन् । उनले पछिल्लो समय धुर्मुस–सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ निर्देशन गरेका थिए ।

निर्माणपक्षले यो चलचित्रलाई कबड्डी सिरिजको अन्तिम चलचित्र भनेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार हुने चलचित्रका लागि कलाकार भने फाइनल गरिएको छैन । तर, चलचित्रमा दयाहाङ राई, बिजय बराल, वुद्दि तामाङ लगायतले काम गर्ने पक्का जस्तै रहेको वुझिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE