‘स्टप ओलीग्रेसी’, ह्यासट्याग ‘सेभ डेमोक्रेसी फ्रम ओलीग्रेसी’भन्दै माइतीघरमा प्रदर्शन…

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध राजधानीमा प्रदर्शन भएको छ । शनिबार दिउँसो नागरिक समाजको आयोजनामा माइतीघर भण्डलामा प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले ह्यासट्याग ‘स्टप ओलीग्रेसी’, ह्यासट्याग ‘सेभ डेमोक्रेसी फ्रम ओलीग्रेसी’लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’को ब्यानरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा मानवअधिकारकर्मी, राजनीतिज्ञ, पत्रकारलगायत सहभागी थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE