स्टार फुटबलर क्रिस्टियानो रोनोल्डोबिना स्विडेनको सामना गर्दै पोर्चुगल…

स्टार स्ट्राइकर क्रिस्टियानो रोनोल्डोबिना पोर्चुगलले नेसन्स लिग फुटबलमा स्विडेनको सामना गर्दै छ । खेल पोर्चुगलको घरेलु मैदान स्टाडिओ जोसे अल्भालाडेमा राति १२:३० बजे सुरु हुनेछ । यस खेलमा कप्तान रोनाल्डो भने उपस्थित हुने छैनन् । उनी कोरोना भाइरस संक्रमणका कारण स्विडेनविरुद्धको खेल गुमाउने भएका हुन् । रोनाल्डोलाई मंगलबार कोरोना संक्रमण भएको भन्दै पोर्चुगल फुटबल महासंघले पुष्टि गरेको थियो ।

यसअघि स्विडेनविरुद्ध पोर्चुगलले २-० को जित निकाल्दा रोनाल्डोले गोल गरेका थिए । दुवै गोल रोनाल्डोले नै गरेका थिए ।
समूह सीमा रहेको पोर्चुगलले लिगमा चौथो खेल खेल्न लागेको हो । यसअघि सुरुवाती दुई खेलमा जित निकालेको पोर्चुगलले तेस्रो खेलमा भने विश्वकप विजेता फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो ।

यता स्विडेनले भने जितविहीन छ । सुरुवाती तीन खेलमा जितविहीन बनेको स्विडेन पहिलो जितको खोजीमा छ । स्विडेन यस खेलमा स्टार खेलाडी रोनाल्डोको अनुपस्थितिको फाइदा उठाउँदै उसैको घरेलु मैदानमा पहिलो जित निकाल्न चाहन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE