स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाउने…

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् । अघिल्लो साता कोरोनाको संक्रमण देखिएका रोनाल्डोको दोस्रो परीक्षण पनि पोजेटिभ देखिएपछि उनले बार्सिलोनाविरुद्ध खेल्न नपाउने भएका हुन् ।

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिच फर्वाड रोनाल्डोलाई एकसाता अघि कोरोनाको संक्रमण देखिएको थियो । अघिल्लो साताको मंगलबार कोरोनाको संक्रमण पुष्टि भएका उनको बिहीबार गरिएको दोस्रो परिक्षणको नतिजा समेत पोजेटिभ नै आएको छ ।

विदेशी समाचार माध्यमका अनुसार क्लब युभेन्ट्सले रोनाल्डोको दोस्रो पटक स्वाब परिक्षण गराउँदा कोरोना ठिक भएको छैन भने उनले युईएफएको नियम अनुसार बार्सिलोनाविरुद्ध मैदान उत्रन अब पाउने छैनन् । नियमअनुसार कोरोना नेगेटिभ रिपोर्ट आएको कम्तिमा एक सातापछि मात्र खेलाडीले खेल्ने अनुमती पाउने गरेका छन् ।

इटालियन क्लब युभेन्ट्सले आगामी २९ तारेकमा च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनासँग खेल्दैछ । अघिल्लो खेलमा डायनामो किभलाई पराजित गरेको युभेन्ट्स रोनाल्डोबिना मैदान उत्रनु परेको थियो ।

रोनाल्डोलाई कोरोनाको संक्रमण पूर्ण रुपमा ठिक नभएपछि च्याम्पियन्स लिगको ग्रुप स्टेजमा मेस्सीविरुद्ध रोनाल्डोको खेल हेर्न आतुर समर्थक भने निराश बन्‍नेछन् । च्याम्पियन्स लिगमा रोनाल्डो र मेस्सी समुह चरणमा कहिलै खेलेका छैनन् । यसपटक रोनाल्डोको युभेन्ट्स र मेस्सीको बार्सिलोना एकै समुह (ग्रुप जी) मा थिए ।

युईएफए नेसन्स लिग फुटबल अन्तर्गत अघिल्लो साताको आइतबार फ्रान्सविरुद्धको खेलपछि रोनाल्डोले कुनै खेल खेलेका छैनन् । फ्रान्ससंगको खेलपछि पोचुर्गल टोलीले स्विडेन यात्राको तयारी गरिरहँदा रोनाल्डोको कोरोना परिक्षण नतिजा पोजेटिभ देखिएको थियो । ३५ वर्षीय फरवार्डलाई कोरोनाको कुनै ठुलो लक्षण देखिएको छैन, यद्धपी संक्रमण देखिएपछि उनी क्वारेन्टिनमा छन् भने उनलाई राष्ट्रिय टिमबाट समेत निकालिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE