स्वरेजलाई अयाक्सको १८ मिलियन डलरको प्रस्ताव

स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लुइस स्वरेजलाई नेदरल्याण्डसको क्लब अयाक्सले किन्ने मिडिया रिपोर्ट सार्बजनिक भएको छ । स्पेनिस मिडियाहरुले स्वरेजका लागि अयाक्सले १८ मिलियन डलरको प्रस्ताव गरेको गोल डटकमले उल्लेख गरेको छ ।

यस अघि बार्सिलोनाले स्वरेजका लागी राम्रो प्रस्ताव आएमा बेच्न सक्ने रिपोर्ट आएको थियो । बार्सिलोनाको यो सिजन खराब भएपछि केहि सिनियर खेलाडीहरु क्लब छोड्ने क्रममा रहेको चर्चा चलिरहेको बेला स्वरेजको प्रस्ताव आएको हो ।

बार्सिलोनाले कोरोना महामारीका कारण नयाँ खेलाडी भित्र्याउन फाइनान्सियल व्यवास्थापनका लागि पनि केहि खेलाडी बेच्नु पर्ने बताउदै आएको छ । बार्सिलोनाले इन्टर मिलानबाट खेलिरहेका अर्जेन्टिनी खेलाडी लाउतारो मार्टिनेजलाई किन्ने प्रयास गरेपनि अहिले अन्योलमै रहेको बेला स्वरेजको प्रस्ताव पछि बार्सिलोनाले मार्टिनेजलाई भित्र्याउन सजिलो हुने विश्लेष्ण गरिएको छ ।

२०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका स्वरेजले अहिलेसम्म बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरेका छन् भने यस सिजनमा कुल ३६ खेल खेल्दै २१ गोल गरेका थिए ।

क्लबको खराब सिजनपछि बार्सिलोनाले आफ्ना मुख्य प्रशिक्षक क्वेक्वेइन सेटिनलाई बर्खास्त गरेर नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान समेत भित्र्याइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE