स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरेद्वारा रचित ‘उनको प्रीति’ बोलको गीत सार्वजनिक

गायक प्रविन बेडवाल र गायिका रचना रिमालको स्वरमा ‘उनको प्रीति’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

गीतमा स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्द, नारायण रायमाझीकाे संगीत रहेको छ भने गीतलाई बि.बि. अनुरागीले संगीत संयोजन र श्याम श्वेत रसाईलीले मिक्सिङ्ग गरेका छन् । गीतको भिडियोलाई मिराज अर्यालले छायाँकन/सम्पादन गरेका हुन् ।

‘उनको प्रीति’ बोलको गीतलाई स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरेले वि.सं २०२४ साल बैशाख १२ गते रचना गरेका थिए। उक्त गीतलाई वि.सं २०६० साल मंसिरमा पहिलाे पल्ट रेकर्डिङ गरिएकाे थियाे । उक्त गीतकाे पहिलो गायक / गायिका जगदिस समाल र सपना श्री  हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE