स्वास्थ्य मन्त्रालयको अनुरोध, भिडभाड हुने कार्यक्रम नगर्नु होला

सरकारले छिमेकी राष्ट्रहरूमा कोरोना सङ्क्रमण बढेकाले देशभर कुनै पनि भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको छ। पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।
देशभर सभा, जुलुस,भेला, जमघट,गोष्ठी, सेमिनार लगायतका भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको हो। त्यस्तै अनिवार्य मास्कको प्रयोग, साबुन पानीले हात धुनेलगायत कार्यहरू गर्नसमेत सरकारले अनुरोध गरिएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE