हप्तामा दुई दिन सार्वजनिक बिदा, वार्षिक डेढ अर्ब रूपैयाँ बचत हुने अनुमान

सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सुझाव पेश गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संंयोजकत्वमा ८ असोजमा गठिन अध्ययन समितिले दुई दिन बिदा उपयुक्त भएको प्रतिवेदन तयार पारेको छ।

‘हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठिन समितिको प्रतिवेदन’ले कर्मचारीको उत्पादकत्व बढाउनेदेखि सामाजिक जीवनमा सकारात्मक प्रभावसम्मको लागि सातामा दुई दिन बिदा दिन सिफारिशसहितको प्रतिवेदन तयार पारेको हो।

अध्ययन प्रतिवेदनले सरकारी कार्यालयको तथा कर्मचारीको उत्पादकत्व बढ्ने, पर्यटन प्रवर्द्धन हुने, सकारी खर्चमा कटौती हुने, समाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न पनि सातामा दुुई दिन सार्वजनिक बिदा दिनुपर्ने सुझावसहितको प्रतिवदेन तयार पारेको छ। प्रतिवेदनले सातामा दुई दिन बिदा दिँदा सरकारी तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दै बिदा दिन समितिले सिफारिश गरेको छ।

समितिका अनुसार हाल विश्वभर कोरोना महामारीबाट अर्थतन्त्र क्षतविक्षत भएको र नेपालको अर्थतन्त्रमा पनि असर परेको अवस्थामा सार्वजनिक बिदा दुई दिन दिँदा विभिन्न पक्षबाट आर्थिक लाभ हुने उल्लेख छ। इन्धन, विद्युत्, पानी तथा सरसफाइ, यातायातसहितको खर्च १६ देखि २० प्रतिशत कटौति हुन सक्ने प्रतिवदेनमा उल्लेख छ।

यो खर्च घटाउँदा चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा सामान्य अनुमान गर्दा दुई दिनको बिदाले वार्षिक रू.१ अर्ब ६४ करोड ९१ लाख बचत हुने उल्लेख छ। यस्तो बिदाको व्यस्थाले महिलाहरूमाथिको घरायसी कामको बोझ कम गर्न सहयोग पुग्ने र लैगिंक समानाता कामयन गर्न पनि सहयोग पुग्ने दाबी अध्ययन प्रतिवेदनले गरेको छ।

सार्वजनिक बिदाका लागि अध्ययन गरिएको १२७ देशमध्ये ११५ वटामा दुई दिन सार्वजनिक बिदा रहेको उल्लेख छ। ती देशले सातामा ४० घण्टा भन्दा कम समय काम गराउने र सातामा दुई दिन बिदा दिने व्यवस्था गरेकोले नेपालले अन्तर्राष्ट्रियस्तरमा चलेको अभ्यासलाई अवलम्बन गर्नुपर्ने सुझाव अध्ययन समितिले दिएको छ।

सातामा पाँच दिन मात्रै कार्यालय जाँदा कर्मचारीले घर परिवारलाई समय दिन सक्ने, अन्य दिन दैनिक एक-एक घण्टाको कार्यालय समय बढाउँदा सातामा काम गर्नुपर्ने समय पूरा हुने र दुई दिन बिदा दिँदा कर्मचारी तथा कार्यालय प्रयोजनका निम्ति हुने खर्च पनि कटौति हुने सुझाव अध्ययन समितिले दिएको छ।

अध्ययन समितिको प्रतिवेदन:

दुईदिने-बिदा-प्रतिवेदन-०७७

WRITE COMMENTS FOR THIS ARTICLE