१७२० मा पुरै दुनियामा प्लेग फैलिएको थियो । फ्रान्सको एक शहर मार्सिलेमा कलाकार मिशेल सेरेले प्लेगले कति मान्छे मरेको थियो भन्ने फोटोमा देखाएका छन् ।

मार्सिलेमा फैलिएको प्लेगले १ लाख मानिसको मृत्यु भएको थियो । प्लेग फैलिएको एक महिनामा ५० हजार मानिसको मृत्यु भएको थियो । बाँकी ५० हजार त्यसको दुई बर्ष भित्र मरेका थिए ।

प्लेग फैलिएको सय बर्ष पछि अर्थात सन् १८२० मा एसियाली देशमा कोलेराले महामारीको रुप लियो । जापान, मध्यपूर्वका विभिन्न देश, नेपाल, भारत, थाइल्याण्ड, फिलिपिन्स, ओमान, चीन, मौरिसस, सिरियालगायतका देशमा यसले धेरै ठूलो क्षती गर्यो ।

कोलेराले इण्डोनेसियामामात्रै एक लाख मानिसको मृत्यु भएको थियो । थाइल्याण्ड र फिलिपिन्स पनि धेरै मानिसले ज्यान गुमाएका थिए ।

कोलेराको महामारी फैलिएको सय बर्षपछि सन् १९२० मा स्पेनिश फ्लू फैलिएको थियो । यो सन् १९१८ मा नै सुरुभए पनि सन् १९२० मा मुख्य असर देखिएको थियो ।

फ्लूको कारण १ करोड ७० लाख देखी ५ करोड को बिचमा मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

सन् २०२० मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै ४ हजार जनाले ज्यान गुमाइसकेका छन् । १ लाख १० हजार जनामा संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित हुने देश चीन र इटली हुन् । चीनमा झण्डै ३ हजार २ सय र इटलीमा कोरोना भाइरसको कारण ३६६ जनाको मृत्यु भएको छ । – एजेन्सी