हलिउडका प्रख्यात अभिनेता याफत कोत्तोको ८१ वर्षको उमेरमा निधन

हलिउडका प्रख्यात अभिनेता याफत कोत्तोको ८१ वर्षको उमेरमा निधन भएको छ । उनले सन् १९७३ मा ‘जेम्स बोण्ड’ फिल्म ‘लाइभ एण्ड लेट डाई’मा भिलेनको चरित्र निभाएका थिए । उनले कोट्ट भी रिडले स्कटको १९७९ को हिट फिल्म ‘एलियन’ र ८० को दशकमा ‘द रनिंग मेन’ र ‘मिडनाइट रन’ जस्ता फिल्ममा अभिनय गरिसकेका थिए ।

याफतको निधनबारे उनकी पत्नी सिनाहोन थेसाले फेसबुकमार्फत जानकारी दिएकी छन् । ‘म आफ्नो पति याफतको निधनले दुःखी र स्तब्ध छु । मेरो लागि यो धेरै दर्दनाक क्षण हो कि म आफ्नो पतिका सबै प्रशंसक, साथी तथा परिवारलाई उनको निधनको बारे समाचार सुनाइरहेको छु’, उनले लेखेकी छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE