‘हाम्रो किबोर्ड’ मा दशैं विशेष स्टिकर…

नेपाली भाषामा आफ्ना कुराहरु लेख्न प्रयोग गरिने लोकप्रिय मोबाइल एप्लिकेशन ‘हाम्रो नेपाली किबोर्ड’ले दशैं विशेष स्टिकरहरु सार्वजनिक गरेको छ । बडा दशैं, तिहार तथा छठ लगायतका नेपालीका ठूला चाडपर्वहरुलाई ध्यानमा राख्दै एपमा आकर्षक स्टिकरहरु थप गरिएको हो । यससँगै हाम्रो किबोर्डका प्रयोगकर्ताले पर्विय उल्लासको यस विशेष समयमा खोजेजस्तो नेपालीपन समेटिएका मौलिक स्टिकरहरु प्रयोग गर्नसक्ने छन् । कम्पनीकाअनुसार चाडबाड सम्बन्धी नयाँ स्टिकर बिहीबारदेखि सबैले प्रयोग गर्न पाउने गरी सार्वजनिक गरिएको छ ।

हाम्रो नेपाली किबोर्ड एप हाम्रो पात्रोपछिको नेपालकै लोकप्रिय एप हो । दशैं स्टिकरले चाडबाडमा थप रौनकता थप्ने कम्पनीको आशा छ । हाम्रो पात्रो इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले चाडबाड झल्काउने र त्यसमा रौनकता थप्ने गरी दशैं स्टिकर तयार पारिएको बताए ।

एप्लिकेशनमा समेटिएका विभिन्न स्टिकरहरु जस्तैः बस यात्रा, नयाँ बाइक, चङ्गा, पिङ, लक्ष्मी पूजा, टीका, जमरा, दक्षिणा, तास, खसी, नयाँ जुत्ता लगायतका स्टिकरले अवश्य पनि चाडबाडको रौनकता झल्काउने छन्, उनले भने ।

 

WRITE COMMENTS FOR THIS ARTICLE