हिरोले ल्यायो नयाँ स्कुटर, यस्तो छ फिचर्स र मूल्य…

हिरो मोटोकर्पले भारतमा नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले ‘मेस्ट्रो एज १२५’ नयाँ अप्सन सार्वजनिक गरेको हो। यसलाई कम्पनीले ‘मेस्ट्रो एज १२५ स्टिल्थ’ नाम दिएको छ।

नवभारत टाइम्सका अनुसार यो स्कुटरको इन्जिन क्षमता १२५ सिसी छ। यो स्कुटरको फ्यूल एन्जेक्टेड भेरियन्टले ७ हजार आपिएममा ९.२ एचपी पावर र ५ हजार आरपिएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै कार्वोरेटर भेरियन्टको स्कुटरले ६ हजार ७ सय ५० आरपिएममा ८.८३ एचपी पावर र ५ हजार आरपिएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ।

यसमा रहेको स्टार्ट स्टप टेक्नोलोजिले (हिरो आई३एस)ले माइलेज धेरै दिने कम्पनीको दावी छ। यसको सिटमुनी युएसपोर्ट दिइएको छ। जसले गर्दा यात्राको समयमा मोवाइल चार्ज गर्न सकिन्छ। यसको अगाडिको चक्का १२ इन्च र पछाडिको १० इन्चको छ। यो ४ वटा रङ्गमा उपलब्ध छ। कम्पनीले भारतमा यसको मूल्य ७२ हजार ९ सय ५० रुपैयाँ निर्धारण गरेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE