१४ वर्षपहिले आफ्नै भान्जाको अपहरणपछि हत्या गरी भागेका राजेश गुप्ता पक्राउ

आफ्नै भान्जाको अपहरणपछि हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाले १४ वर्षपहिले आफ्नै भान्जाको अपहरणपछि हत्या गरी भागेका राजेश गुप्तालाई भारतबाट पक्राउ गरी ल्याएको हो।

२०६४ सालमा भान्जा रोहित गुप्ताको हत्या गरेको अभियोगमा गुप्ता पक्राउ परेका हुन्। रोहित अपहरणमा परेपछि उनका बुबाले फिरौती समेत दिएको खुलेको छ।

रोहित बौद्धस्थित एक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए। तर फिरौती रकम लिएर उनको राजेशले हत्या गरेका थिए।

बालकका परिवार विशालबजारमा पसल सञ्चालन गर्थे। राजेश भने भारतीय नागरिक हुन्।

प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी गुप्तालाई सार्वजनिक गर्ने तयारी गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE