३५७ पुग्यो संक्रमितको संख्या, ३१ जिल्लामा कोरोना भाइरस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना ३१ जिल्लामा फैलिएको छ । अहिलेसम्म संक्रमितको संख्या ३५७ पुगेको छ । सोमबार मात्र ६२ जनामा कोरोना संक्रमण देखिएको हो ।

सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाका अनुसार ३५७ संक्रमितमध्ये २९८ जना पुरुष र ५९ महिला रहेका छन् । अहिलेसम्म ३६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

सोमबार थपिएका कोरोना संक्रमितमा बाँकेमा ४७ जना, विराटनगर, गुल्मी, धादिङका, धनुषा, रौतहट र दाङका एकएक गरी ५३ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार बिहान ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको थियो ।

कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा २ जनाको मृत्यू भएको छ । आजसम्म ३० हजार ८२३ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या २० हजार नाघेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE