६४ मेगापिक्सेलको क्यामेरा सहित आउँदैछ ‘ह्वावेवाई नाइन ए’..

गत हप्ता ह्वावेको ‘इन्जोय २० प्लस’ फोनको झलक लिक भएको थियो । कम्पनीले इन्जोय २० प्लसकै समान डिजाइन भएको अर्को फोन ‘ह्वावे वाई नाइन ए’ पनि निर्माण गरेको छ । ह्वावे वाई नाइन एमा नचलेस डिस्प्ले र ब्याक सेटअपमा गोलो क्यामेरा छ । तर इन्जोय २० प्लसमा जस्तो यसमा चारवटा क्यामेरा छैन । यसको ब्याक सेटअपमा भएको क्यामेरा सिंगल क्यामेरा हो । यसको फ्ल्यास भने माथिल्लो बायाँ कुनातिर छ । यस फोनको प्राइमेरी क्यामेरा ६४ मेगा पिक्सलको सेन्सर छ ।

ह्वावेको वाई नाइन एमा आठ जीबीको र्‍याम र १२८ जीबीको इन्टरनल स्टोरेज छ । यसमा साइड माउन्टेड फिंगरप्रिन्ट रिडर रहेको छ । यो फोनले ४० वाटको सुपर फास्ट चार्जिङलाई पनि सपोर्ट गर्दछ । तर ब्याट्री क्षमताबारे केही खुलाइएको छैन । यो फोन दुई रंगमा उपलब्ध छ । सफ्टवेयरको कुरा गर्दा यसमा अक्टाकोर ४ २.२ गीगाहर्ज कोर्टेक्स -ए ७३ एण्ड ४ १.७ गिगाहर्ज कोर्टेक्स -ए ५३ सीपीयू र किरिन ७१० एफ-१२एनएम चिपसेट छ ।

यसमा मेल जी ५१ एमपी फोर जीपीयू प्रयोग गरिएको छ । गूगलको प्रतिबन्धका कारण ह्वावेको यो मोडलले पनि गूगल सर्भिसलाई सपोर्ट गर्दैन । यो फोनबाट एपहरु डाउनलोड गर्नलाई ह्वावेको एप ग्यालरी प्रयोग गर्नुपर्दछ ।

यो फोन चाँडै नै सार्वजनिक हुने अपेक्षा गरिएको छ । यो फोनको तौल एक सय ६० ग्राम रहेको छ भने । यसमा हाईब्रिड डुअल सीम अर्थात् नानो सिम र डुअल स्ट्याण्ड बाई सीम रहेका छन् । यसको अपरेटिङ सिस्टम एन्ड्रोइड १० मा आधारित छ । लिथियम पोलिमर भएको यसको ब्याट्रीमा १० वाटको चार्जर छ ।

WRITE COMMENTS FOR THIS ARTICLE