भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक बिस्काः जात्रा आज बुधबारदेखि सुरू भएको छ।
भक्तपुरको पाँच तले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ बुधबार दिउँसो तानेसँगै जात्राको सुरूवात भएको हो।
प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने चलन छ।
यो जात्रा नौ दिन आठ रात लामो हुन्छ। रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चारवटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन छ ।
भैरबनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँचतले मन्दिर अगाडि नै रहेको भैरवनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।
भक्तपुरको बिस्काः जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ। जात्रामा हजारौ सर्वसाधारण सहभागी थिए।
हेर्नुहोस् बिस्काः जात्राको पहिलो दिन तस्बिरमा