समाजवादी पार्टी नेपाल अन्तर्गत गैरभौगोलिक कमिटी घोषणा

समाजवादी पार्टी नेपाल अन्तर्गत गैरभौगोलिक विषेश प्रदेश कमिटी घोषणा भएको छ । गैरभौगोलिक विषेश प्रदेश अन्तर्गत विधार्थी, मजदुर, वौद्धिक पेशाकर्मी, सम्पर्क संयन्त्र र आंगिक जनवर्गीय संगठन हरु रहेका छन् ।

जसको अध्यक्षमा इश्वर रिजाल, उपाध्यक्ष हरुमा जेकेन्द्र श्रेष्ठ धिरेन्द्र सम्वाहाम्फे, रिम वस्याल,  कमलकुमार यादव र रिता राई,  मूख्य सचिवमा पदम फेवादिन, सचिवमा गणेश कुवंर,  गोपालराज राई रेणुका सिंह र कोषाध्यक्षमा विनोद चौधरी चयन भएका छन् । सचिवमा निर्वाचित गणेश कुवंर गत प्रतिनिधि सभाको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपालको उम्मेदवार भई गुल्मी क्षेत्र नं २ वाट एमाले का नेता गोकर्ण बिष्ट संग कडा प्रतिस्पर्धा गरेका थिए ।
जनसंगठन समायोजन कार्यदलका संयोजक एवम् पार्टी उपाध्यक्ष रकम चेम्जोङको अध्यक्षतामा सुरु भएको कार्यक्रममा समाजवादी पार्टी सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा रहेको थियो ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राई, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष हिसिला यमी, महासचिव रामसहायप्रसाद यादव लगायत शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल  बनेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE