सचिवालय बैठक बस्ने अन्योलता सँगै योगेश भट्टराईको चिन्ता: पछाडि फर्कने पुल भत्किसक्यो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पाटी रुपान्तरणमा पुग्नैपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा उनले नेकपा विवादबारे संकेत गर्दै अब पछाडि फर्कने पुल भत्किसकेको उल्लेख गरेका छन्। माक्सवार्दका तीन आयाम एकता, संघर्ष र रुपान्तरण उल्लेख गर्दै पार्टी रुपान्तरणको आवश्यकता औल्याएका छन्।
“माक्र्सवादका त्रि–आयाम, एकता–संघर्ष र रुपान्तरण” भट्टराईले लेखेका छन्, “हामी गलत हुन सक्छौं, माक्र्सवाद सत्य हो, रुपान्तरणमा पुग्नैपर्छ।” नेकपामा अन्तर संघर्ष उत्कर्षमा पुगेको छ।
गएको १६ असार देखि स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ भने लामो समय पछाडि शनिबार सचिवालय बैठक बसेको छ। तर, फेरि सचिवालय बैठक बस्नेबारे अन्योल देखिएको छ।
मार्क्सबादका त्रि आयाम
एकता – संघर्स र रुपान्तरण
हामी गलत हुनसक्छौ
मार्क्सबाद सत्य हो
रुपान्तरणमा पुग्नै पर्छ
पछाडी फर्कने पुल भात्कीसक्यो ।— Yogesh Bhattarai (@yogesbhattarai) July 21, 2020
WRITE COMMENTS FOR THIS ARTICLE