हेर्नुहोस् अदुवा खाँदा हुने १० फाइदाहरु…

आयुर्बेदिक चिकित्सा पद्धतिमा अदुवालाई महाऔषधीको नाम दिइएको छ । फिलिपिन्समा अदुवा चपायो भने दुष्टात्माहरु नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ । अठारौं शताब्दीतिर युरोपमा अदुवाले यौनशक्ति बढाउछ भनेर विश्वास गरिन्थ्यो ।

हेर्नुहोस् अदुवा खानुका १० फाइदाहरु:

१.निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

२.साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टिलिटी भगाउन सकिन्छ ।

३.अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको स्टाइलमा पिउने हो भने तौल कम गर्न मद्दत गर्छ ।

४.एक कप मनतातो पानीमा अदुवाको एक चम्चा रस राखेर विहान तथा साँझ पिउनुहोस् । घुँडा दुखेमा ठीक पार्छ ।

५.अदुवाको रस निरन्तर लिएमा बुढोपन निकै स्लो हुन्छ । स्किन तथा कपाल स्वस्थ रहन्छ ।

६.रेगुलर अदुवाको रस खानेहरुको मुटु स्वस्थ रहन्छ । हार्टअट्याकदेखि बचाउँछ ।

७.एक चम्चा अदुवाको रस नियमित पिउनेलाई खोकी तथा सर्दीबाट बचाउँछ ।

८.सफा पानीमा एक चम्चा अदुवाको रस खाने हो भने घाँटी सफा गर्छ ।

९.सफा पानीमा अदुवा पिसेर राख्नुहोस् र पिउनुहोस् । अपचको समस्या भगाउँछ ।

१०.हल्का मनतातो पानीमा अदुवाको रस राखेर कुल्ला गर्नुहोस् । यसो गर्नाले दाँत दुख्नबाट बचाउँछ ।

WRITE COMMENTS FOR THIS ARTICLE