सिरी ‘ए’: सेपेजियामाथि युभेन्ट्सको ३–० गोलको सहज जित…

सिरी ‘ए’ फुटबल अन्तर्गत साविक विजेता युभेन्ट्सले सेपेजियामाथि ३–० गोलको सहज जित निकालेको छ । जितसँगै युभेन्ट्सले लिगको शीर्ष तीनमा आफूलाई बलियो बनाएको छ । लिगमा २४ खेल खेलेको युभेन्ट्सले ४९ अंक जोडेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन मोराटा, फेडेरिको चइसा र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा तीन गोल गरेको हो । खेलको ६२ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ७१ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३–० गोलको जित दिलाए ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE