प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।

सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले विघटनविरुद्धका रिटमा सुनुवाइ गरेका थिए। मुद्दाका दुवै पक्षको बहसपछि एमिकस क्युरीले समेत राय दिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE