अहिलेसम्म कतिले भरे जीवन विकास लघुवित्तको आईपीओ ?

काठमाडाैं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओमा आइतवार साढे १० बजेसम्म १३ लाख १५ हजार ३१० जनाले आवेदन दिएका छन् ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उनीहरूले २ करोड ३८ लाख ९४० रुपैयाँका लागि आवेदन दिएका हुन् ।

कम्पनीले प्रति शेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता शेयर आईपीओ जारी गरेको हो ।

कम्पनीका अनुसार उक्त शेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरूलाई र ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE