सोमबार , फागुण २१, २०८०

गङ्गाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मन्डली मा.वि प्रथम

image

धादिङ। उत्तरी धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मन्डली मा.वि ले १३ वटा स्वर्ण पदक प्राप्त गरी प्रथम स्थान  हासिल गरेको छ।

मिति २०८० साल पौष २७ र २८ गते धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएको थियो। उक्त आयोजनामा प्रमुख अतिथिको  रूपमा धादिङ जिल्ला समन्वय समितिको प्रमुख नवराज अधिकारीको आथित्यतामा सुसम्पन्न भएको  छ। यस पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा रि गाउँ मा.वि,पासाङ्चाेक मा.वि,चिम्चाेम मा.वि, बसेरी मा.वि,कल्याण मा.वि, तामाङ्खर्क मा.वि, मन्डली मा.वि,महालक्ष्मी मा.वि,शिवालय मा.वि र बद्रीविशाल मा.वि गरी जम्मा १० वटा मा.वि सहभागी भएकाे थियो

यस प्रतियोगितामा भाला (छात्र/छात्रा) छेलाे (छात्र/छात्रा) हाईजम्प (छात्र/छात्रा) लङजम्प (छात्र/छात्रा) त्रिपलजम्प(छात्र/छात्रा) २००मिटर दाैड(छात्र/छात्रा) १०० मिटर दाैड (छात्रा/छात्र) ४०० मिटर दाैड (छात्रा/छात्र) ८०० मिटर दाैड(छात्र/छात्रा) १५०० मिटर दाैड (छात्र) ४००×४ रिले(छात्र/छात्रा) १००×४ रिले (छात्र/छात्रा) भलिबल(छात्रा/छात्र) गरी जम्मा २५ वटा खेलहरु गराईएकाे थियो।उक्त खेलमा मन्डली मा.वि ले १३ वटा स्वाेर्ण पदक ६ वटा रजत र २ कांस्य सहित प्रथम स्थान हासिल गरेको छ। बद्रीविशाल मा.वि ले ७ वटा स्वाेर्ण पदक ६ रजत र २ कास्य सहित दोश्रो स्थान हासिल गरेको छ भने रि गाउँ मा.वि ले ४ स्वाेर्ण पदक ५ रजत र ४ कास्य सहित तेस्रो स्थान हासिल गरेको छ।

Tags:

सम्बन्धित समाचार