बिहिबार , जेठ ३१, २०८१

दाँत सिरिङ–सिरिङ हुनबाट कसरी जोगिने ?

image

काठमाडौं । दाँत स्वस्थ राख्न मुखको स्वाथ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ । दाँत तथा मुखलाई स्वस्थ राख्न बिहान–बेलुकी खाना खाइसकेपछि अनिवार्य दाँत माझ्नुपर्छ । तर पनि विभिन्न कारणवश दाँत सिरिङ–सिरिङ हुन्छ ।  दाँत सिरिङ्ग हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाई हो, जुन दाँतको बिचको तह डेन्टिन देखिएर हुने गर्दछ ।
सिरिङ-सिरिङ बढी मात्रामा भएको खण्डमा कुनै पेय पदार्थ खाँदा दाँत दुखेको वा अप्ठ्यारो भएको अनुभव हुन्छ ।
दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ । इनामेलभन्दा भित्रको भाग डेन्टिन हो । सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ । विभिन्न कारणवश इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ । नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ ।
एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ । कसै–कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ । यस्तो बानीले पनि इनामेल खिइन्छ ।
दाँतमा कीरा लाग्यो भने पनि सिरिङ्ग हुने समस्या आउँछ ।
कसरी बच्ने ?
  • सही तरिकाले ब्रस गर्ने, सकेसम्म नरम ब्रसको प्रयोग गर्ने
  • ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने
  • एसिड भएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने
  • प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने।
  • फ्लोराइडयुक्त मन्जनको प्रयोग गर्ने
  • धूम्रपानको सेवन नगर्ने
  • सुत्दाखेरि दाँत किट्ने बानी छ भने चिकित्सकको तुरुन्तै परामर्श लिइहाल्ने ।

Tags:

सम्बन्धित समाचार