शुक्रबार , मंग्सिर २३, २०७९

भारतको चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त

image

एजेन्सी । भारतको चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त भएका छन् ।

भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको गत डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । नौ महिनासम्म रिक्त त्यस पदको जिम्मेवारी चौहानलाई दिइएको द हिन्दुले लेखेको छ ।

भारतीय सेनामा चौहानले ४० वर्ष सेवा दिएका छन् । लेफ्टिनेन्ट जनरल रहेका उनले जम्मु कश्मिरको जवाफी कारबाहीको पटक-पटक नेतृत्व गरेको अनुभव छ ।

गत जुनमा भारत सरकारले सेनाको सेवासम्बन्धी नियम संशोधन गर्दै नौसेना तथा वायुसेनाका तीन तारे जनरलबाट अवकास प्राप्त मध्येकालाई चिफ अफ डिफेन्स स्टाफ बनाउने गरेको छ ।

उत्तराखण्डका चौहान भारतको राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसमेत थिए ।

सम्बन्धित समाचार