hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

राष्ट्रिय परिवेशमा पृथ्वीनारायण शाह

image

पृथ्वीनारायण शाह नेपालको एकीकरणका अभियन्ता हुन् । कुनै एउटा स्वतन्त्र राज्यले अर्को स्वतन्त्र राज्यलाई जितेर त्यसको अस्तित्व आफूमा विलीन गराएको छ भने त्यो कार्य राज्य विस्तार हुन्छ । यसैगरी चारै दिशाका राज्यहरूलाई जित्यो भने त्यो कार्य दिग्विजय हुन्छ तर यसविपरीत कुनै विशाल राज्य अनेक खण्डमा टुक्री, टुक्रिएका राज्यहरूमध्ये एउटा राज्यले नेतृत्व लिई ती राज्यहरूलाई पुनः एकताको सूत्रमा आबद्ध गराई अघिकै जस्तो विशाल बनाएको छ भने त्यो कार्य राज्य विस्तार वा दिग्विजय नभई एकीकरण हुन्छ भन्ने विश्वव्यापी सर्वमान्य सिद्धान्त छ (स्टिलर, १९७५ः ७६–९७) । पृथ्वीनारायण शाहको समयमा नेपाल ५४ टुक्रामा विभाजित थियो । अतः नेपालको इतिहास नजानेका र एकीकरणसम्बन्धी विश्वव्यापी सर्वमान्य सिद्धान्त नजानेका व्यक्तिहरूले पृथ्वीनारायण शाहको क्रियाकलापलाई राज्य विस्तार र दिग्विजय ठान्दछन् ।

भारतका गुप्त सम्राट् समुद्रगुप्तको प्रयाग अभिलेखमा आसाम र कुमाउँबीचको भूभागलाई नेपाल भनेको छ (नेपाल, २०४०ः २०) । हिमवत्खण्डमा पूर्वमा कोशी प्रदेश, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा गोसाइँकुण्डदेखि माथिको नीलकण्ठ हिमाल र दक्षिणमा पश्चिम चम्पारणस्थित नटेश्वरको बीचको भूभागलाई देवभूमि नेपाल भनेको छ (योगी, २०१३ः संः १५४ ने. १६१) । यसमा कर्णाली प्रदेशको उल्लेख पाइँदैन तर मानदेवको चाँगुनारायणको अभिलेखमा गण्डकीपारिको मल्लपुरीको उल्लेख छ (वज्राचार्य, २०३०ः ९–३०) ।

मल्लपुरीलाई कर्णाली प्रदेशमा अवस्थित सामन्तराज्य मानिएको छ । लिच्छविकालमा पूर्व–पश्चिमका सामन्त शासकहरूले केन्द्रको अधीनमा रहेर शासन गर्दथे । केन्द्रीय सत्ता कमजोर भयो भने पूर्व–पश्चिमका ती सामन्तहरू स्वतन्त्र हुन कोशिस गर्दथे । मानदेवले पूर्व कोशी प्रदेश र पश्चिम कर्णाली प्रदेशका सामन्त शासकहरूलाई आफ्नाे अधीनमा राखेर राज्य गरेको वर्णन उनको चाँगुनारायणको अभिलेखबाट थाहा पाइन्छ । यसबाट लिच्छविकालमा पनि नेपाल अहिले जत्तिकै विशाल रहेको स्पष्ट हुन्छ ।

कर्णाली प्रदेशको मल्लपुरीको पतन भएपछि पूर्वमध्यकालमा यस क्षेत्रमा सपादलक्षखस देशको विकास भयो (वज्राचार्य, २०२८ः २१) । त्यस सपादलक्षखस देश टुक्रिएर कर्णाली प्रदेशमा बाइसवटा राज्य विकास भए, जसलाई बाइसेराज्य भनिन्छ । यसैगरी गण्डकी प्रदेशमा चौबीसवटा राज्य विकास भए, जसलाई चौबीसेराज्य भनिन्छ । गोरखा र मुस्ताङको गणना भने चौबीसेराज्यमा गरेको पाइँदैन ।

त्यसपछि डोलाजीका रूपमा नेपाल भित्रिएका जयस्थिति मल्लले थिति बाँधेर नेपाललाई व्यवस्थित बनाए । राजनीतिमा केही स्थिरता आएपछि जयस्थिति मल्लका नाति यक्ष मल्लले पूर्वमा बङ्गाल, पश्चिममा गोरखा–पाल्पा, उत्तरमा सात दिनको बाटो र दक्षिणमा गङ्गासम्मको भूभागमा शासन गरेका थिए (ज्ञवाली, २०१९ः ९०) । सिम्रौनगढराज्यको सिमाना दक्षिणमा गंगासम्म फैलिएको थियो । सिम्रौनगढको पतन भएपछि त्यस क्षेत्रमा स–साना जमिनदारीबाहेक ठूला राज्यहरू भएनन् । सिम्रौनगढका राजा हरिसिंह देवकी रानी आफ्नाे माइती भक्तपुरदरबारमा शरण लिन आएको र सिम्रौनगढ क्षेत्रबाट नै जयस्थिति मल्ल नेपाल भित्रिएको हुँदा त्यसताका दक्षिणमा गंगासम्म नेपालको वर्चस्व कायम हुनु स्वाभाविक थियो । यसैगरी कुचबिहारसँग नेपाल उपत्यकाका राजाहरूको वैवाहिक सम्बन्ध थियो । त्यसकारण यक्ष मल्लले पूर्वमा बङ्गालको सिमानासम्म शासन गरेको कुरा पनि स्वाभाविक नै छ तर यक्ष मल्लका छोराहरूकै समयमा नेपाल उपत्यका तीन टुक्रामा विभाजित भयो ।

पृथ्वीनारायण शाहको समयताका अघि तराईमा विकसित मिथिला र कपिलवस्तुको प्राचीन गौरवगाथा लोप भइसकेको थियो । सिम्रौनगढको पतन भइसकेको थियो । थारू राजा दंगी शरणको कथामात्र बाँकी थियो । त्यसकारण त्यसबेला तराईमा कुनै स्वतन्त्र राज्य थिएनन् । केवल जमिनदारीमात्र थिए । अहिलेको नारायणीदेखि पश्चिम र राप्तीदेखि पूर्वको सम्पूर्ण तराई भाग पाल्पा राज्यअन्तर्गतका प्रगन्ना थिए । दाङ र बाँके सल्यानराज्यअन्तर्गतका प्रगन्ना थिए । तुलसीपुरको पाटनदेवी र गोन्डासम्म सल्यानराज्यको पहुँच थियो । कालान्तरमा दाङको पूर्वी भाग छिल्लीराज्यअन्तर्गत पर्न गयो । सुर्खेतचाहिँ दुल्लु र दैलेख राज्यअन्तर्गत पर्दथ्यो । बर्दिया अछामराज्यको र कैलाली–कञ्चनपुरचाहिँ डोटीराज्यअन्तर्गतका प्रगन्ना थिए । पश्चिमी चम्पारणको नटेश्वरसम्म नेपालको सिमाना थियो । कालान्तरमा सोमेश्वरगढीदेखि माथिको चितवन प्रगन्नासम्म मात्र तनहुँ राज्य सीमित रहन गयो । बारा, पर्सादेखि धनुषा र महोत्तरीसम्मको सम्पूर्ण तराई मकवानपुर राज्यअन्तर्गतका प्रगन्ना थिए । यसैगरी सप्तरीचाहिँ चौदण्डी राज्यअन्तर्गतको प्रगन्ना थियो । कोशीपूर्वका मोरङ र झापा विजयपुर राज्यअन्तर्गतका प्रगन्ना थिए । त्यसबेलाका राज्यहरूको भोग अधिकारले यही कुरा भन्दछ ।

त्यसबेला भारतमा मुसलमानी साम्राज्यको पतन भएर अङ्ग्रेजी साम्राज्य स्थापना हुन लागेको थियो । नेपाल उपत्यकामा इसाइ पादरीहरू आएर बसिसकेका थिए । तिनीहरूले केहीलाई इसार्ई बनाएका थिए । नेपालका राजाहरू एकआपसमा मिल्दैनथे । त्यसबेलाका राजाहरूमा काठमाडौँका राजा जयप्रकाश मल्ल, पर्वतका राजा कीर्तिबम मल्ल, विजयपुरका मन्त्री बुद्धिकर्ण राई र काठमाडौँका उमराव परशुराम थापा महत्वाकांक्षी थिए । पृथ्वीनारायण शाहलाई काठमाडौँ बोलाएर जयप्रकाश मल्ललाई काबु गर्ने र पृथ्वीनारायण शाह पूर्वतिर बढ्दा कीर्तिबम मल्ललाई उठाएर गोरखा कब्जा गरी आफू हर्ताकर्ता बन्ने दाउ परशुराम थापाले रचेका थिए तर पृथ्वीनारायण शाहले उनको षड्यन्त्र असफल बनाइदिए । जयप्रकाश मल्लले आफ्नाे सहयोगका लागि अङ्ग्रेजलाई गुहारेका थिए । अङ्ग्रेजले त्यही मौका खोजिरहेका थिए ।

विजयपुर र चौदण्डीराज्यमा राजा सेन र मन्त्रीचाहिँ राई–लिम्बू हुने परम्परा थियो । त्यही परम्पराअनुसार बुद्धिकर्र्ण राई विजयपुरराज्यका मन्त्री भएका थिए । बुद्धिकर्ण राईले सिक्किमे सेनालाई ल्याएर विजयपुरका राजा कामदत्तराज सेनलाई मारेर विनाराजाको विजयपुरराज्यमा आफैं हर्ताकर्ता भई उम्दा खालको हात्ती चढेर मोजमज्जामा लागेका थिए । त्यही मौका छोपेर सिक्किमले टिष्टा र मेची तरेर मधेसमा कनकाई र पहाडमा तमोरसम्म नेपालको भूमि कब्जा गरे (नेपाल, २०४१ः २०) । यसरी आधा राज्य दुश्मनलाई सुम्पेर राजा मार्ने राष्ट्रघाती बुद्धिकर्ण राईलाई के दर्जा दिने हो ? यसको कुनै चर्चा गरिँदैन तर जनताको जनधनको सुरक्षाका लागि धर्म भाक्ने पृथ्वीनारायण शाहलाई भने क¬रै नबुझीकनै बर्बर र उनको कार्यलाई खुनी हमलाको रूपमा बढाइँचढाइँ गरेर विरोध गरिन्छ । यो ठूलो गल्ती र भूल हो ।

पृथ्वीनारायण शाहले चौदण्डीराज्य जितेपछि त्यहाँका राजा कर्ण सेन भागेर विजयपुर पुगे । बुद्धिकर्ण राईले उनलाई विजयपुरको राजा बनाए । बुद्धिकर्ण राई र कर्ण सेनले अङ्ग्रेजलाई गुहारेर आफ्नाे गुमेको चौदण्डीराज्य उकास्ने योजना बनाएका थिए तर उनको योजना सफल हुन सकेन । सिक्किमे सेनाको दबदबा र बुद्धिकर्ण राईको मोजमज्जाबाट पिल्सिएका लिम्बूवानका साधारण राई–लिम्बूहरू ज्यादै शोषित र पीडित थिए । अतः पृथ्वीनारायण शाहले विजयपुर जितेपछि चाङथापुसम्मका राई–लिम्बूहरू पृथ्वीनारायण शाहको शरणमा पर्न आए । बुद्धिकर्ण राई र सिक्किमे सेनाका मतियार राई–लिम्बूहरू भने सिक्किमतिर भागे ।

यसरी आफ्नाे देश छोडेर गएका राई–लिम्बूहरूलाई पृथ्वीनारायण शाहले स्वदेशमा बोलाएर उनीहरूको अघिदेखि चलिआएको थिति, परम्परा, जग्गाजमिनको भोगचलन र हकअधिकार थामिदिएका थिए । पृथ्वीनारायण शाहले वि. सं. १८३१ साउनमा सुन राई, कुसु राई र श्रीजङ्ग राईलाई लेखेको पत्रबाट यो कुरा थाहा पाइन्छ । उक्त पत्रमा पृथ्वीनारायण शाहले लिम्बूवानका राई–लिम्बूहरूलाई आ–आफ्नाे क्षेत्रमा पहिलेदेखि चलिआएको हकअधिकार भोग गरेर बस्नु, तिमीहरूको जिउधन र हकअधिकारको रक्षा मैले गर्नेछु, मैले तिमीहरूको जिउधनको सुरक्षा गर्न सकिनँ भने मैले पूजिआएको देवताले हाम्रो राजकाज नाश गरोस् भनेर जनताको सुखसुविधाका लागि धर्म भाकेका छन् (नेपाल, २०४१ः ५८–६९) । यसरी पृथ्वीनारायण शाहले शासकको नभएर एउटा कुशल नेता तथा संरक्षकको दायित्व बहन गरेका छन् ।

भक्तपुरका राजा रणजित् मल्ल मितबा र काठमाडौँका राजा जयप्रकाश मल्लचाहिँ पृथ्वीनारायण शाहका मित थिए । पृथ्वीनारायण शाहले यी राजाहरूलाई राजोचित सम्मान गरेका छन् । पृथ्वीनारायण शाहले रणजित् मल्ललाई ससम्मान बनेपा आदि ठाउँमा गएर बस्न आग्रह गरेका थिए तर उनले काशीवास जान चाहे । पृथ्वीनारायण शाहले जितेपछि हीनताबोध गरेर रणजित् मल्ल काशीवास गएका होइनन् । काशीवास जाने उनको आफ्नै आन्तरिक पीडा थियो । रणजित् मल्लका पटरानीहरूपट्टि कुनै सन्तान थिएनन् । उनका दरबारबाहिर अविवाहित अनेक रानीहरू थिए ।

त्यसबेला नेपाल उपत्यकाका राजाहरू रसरङ्ग, रमाइलो र भोगविलासमा चुर्लुम्म डुबेका थिए । काठमाडौँका राजा प्रताप मल्लको चरित्रबाट यो कुरा राम्ररी सिद्ध हुन्छ । प्रताप मल्लले लक्षयोनि भेदन गर्ने लक्ष्य राखेका थिए । यसै शिलशिलामा तीन हजार महिलासँग सम्भोग गरेपछि एक बालिकासँग सम्भोग गर्दा ती बालास्त्रीको मृत्यु भएको थियो (लम्साल, २०२३ः ८९) । अतः प्रताप मल्लले लक्षयोनि भेदन गर्ने आफ्नाे लक्ष्य पूर्ति गर्दा कति कन्याहरूको कुमारीत्व नाश भएको होला ? कति महिलाहरूको सतित्वनाश भएको होला ? त्यसबेलाको काठमाडौँको जनसंख्यामा कहाँकहाँबाट एक लाख महिलाको आपूर्ति गरिएको होला ? यसका विपरीत रागतान र रसरङ्गमा लाग्नुहुँदैन भन्ने पृथ्वीनारायण शाहको महान् आदर्श थियो ।

अब कहाँ गएर कसले इतिहास बङ्ग्याए भन्ने कुरा राम्ररी बुझ्नुपर्दछ । पृथ्वीनारायण शाहले नेपाल आएका इसार्ई पादरी तथा तिनले इसार्ई बनाएका नेपालीलाई देश निकाला गरिदिएका थिए । यसरी नेपालबाट निष्कासित इसार्ई पादरी तथा तिनले इसार्ई बनाएका नेपाली बेतिया आदि ठाउँमा बस्न गए । ती इसार्ई पादरीहरूले पृथ्वीनारायण शाहलाई बर्बर, आततायी र उनको एकीकरणको अभियानलाई खुनी हमला भनेर विश्वव्यापी रूपमा हल्ला मच्चाए । कीर्तिपुरे जनताको सत्र धार्नी नाक काटिदिए भने । कीर्तिपुरका मानिसको नाक नकाटिएको होइन, कीर्तिपुरका केही मानिसको नाक काटिएको हो ।

त्यसकारण यिनलाई नमारीकन यिनको नाकको टुप्पो काटेर चिह्न लगाइदेऊ भनेर आज्ञा दिए । गैरसैनिक नागरिकलाई केही नगर्नू, अर्काको भाषा, धर्म र संस्कृतिमा कुनै हस्तक्षेप नगर्नू भन्ने पृथ्वीनारायण शाहको उदार नीति थियो । यसरी कीर्तिपुरका केही जनताको नाकको टुप्पा काटिएको थियो । इसार्ई पादरी र तिनीहरूपछिका अङ्ग्रेजी इतिहासकारहरूले यसलाई बढाइँचढाइँ गरेर सत्र धार्नी नाक पुर्याइदिएका हुन् । त्यसबेला सत्र धार्नी नाक पुग्नलाई ता जनसंख्या पनि त्यत्ति नै हुनुपर्यो । अतः यो कुरा इसार्ई पादरी र अङ्ग्रेज इतिहासकारहरूको अनर्गल प्रचारमात्र हो ।

दार्जिलिङ गएका इसार्ई पादरीहरूले ता लिम्बूहरूलाई नै लिम्बूभाषा र लिपिमा इतिहास लेख्न लगाए । गोरखाली सेनाले लिम्बूवानका सबै पुरुष र महिलाहरूलाई मारे, स–साना केटाकेटीलाई ढिकीको खाल्टोमा टाउको राखेर ढिकीको मुसलले थिचेर बर्बरतापूर्वक मारे भनेर लेखाए । यसरी लेखाएको घटनावली ती इसार्ई पादरीहरूले ब्रिटिश म्युजियममा लगेर राखेका छन् । अहिले इसार्ई पादरीहरूको त्यही अनर्गल प्रचार पत्याएर हामी कुर्लन्छौँ । जनताको जिउधनको सुरक्षाका लागि धर्म भाक्ने राजा पृथ्वीनारायण शाहले कदापि यस्तो काम गर्न सक्तैनन् । अतः यो पनि केवल इसार्ई पादरीहरूद्वारा गरिएको असत्य र अनर्गल प्रचारमात्र हो ।

यदि पृथ्वीनारायण शाहले नेपालको एकीकरणको शुभारम्भ नगरेका भए विशाल भारतलाई निल्न सक्ने अङ्ग्रेजले नेपाललाई कदापि बाँकी राख्ने थिएनन् । त्यसकारण आज हामीलाई स्वतन्त्र राष्ट्र नेपालको स्वाभिमानी नेपाली भनेर गर्व गर्ने सौभाग्य पृथ्वीनारायण शाहबाट प्राप्त भएको हो । अतः पृथ्वीनारायण शाहको क्रियाकलाप राज्य विस्तार र दिग्विजय नभई नेपालको एकीकरणको अभियान हो र उनी आधुनिक नेपाल राष्ट्रका निर्माता हुन् ।

पृथ्वीनारायणका सांस्कृतिक नीति

गण्डकी प्रदेशका आठ टीकाका राजाहरू पृथ्वीनारायण शाहका सगोत्री थिए । भक्तपुरका राजा रणजित् मल्ल उनका मितबा र काठमाडौँका राजा जयप्रकाश मल्ल उनका मित थिए । नेपाल एकीकरणको लक्ष्य राखेका पृथ्वीनारायण शाहले गोत्रहत्या र मित्रहत्यासमेत गर्नुपरेको थियो । अतः पृथ्वीनारायण शाहले काशी गई आफ्नाे भारद्वाज गोत्र त्यागेर काश्यप गोत्र ग्रहण गरे । तात्कालिक अवस्थामा यो ठूलो धार्मिक एवं सांस्कृतिक क्रान्ति थियो । सैनिक सेवामा रहेका बाहुन–क्षत्रीले लुगा नकाढीकन भात खाए हुन्छ, जात जाँदैन सैनिक सेवामा रहेका बाहुन, क्षत्री, मगर र गुरुङहरूसँगै बसेर खाजा खाए हुन्छ जात जाँदैन भनेर आपद् धर्मको नीति बनाए । तात्कालिक परिवेशमा यो पनि अर्को ठूलो सांस्कृतिक क्रान्ति थियो । यसबाट नेपालीका बीच आपसी सद्भाव बढ्न गई नेपाली राष्ट्रियता बलियो भयो ।

आफ्नाे उद्देश्यमा बाधा पार्ने खालका परम्पराहरू त्याग्नुलाई सांस्कृतिक क्रान्ति भनिन्छ । अतः नेपालको एकीकरणको उद्देश्य लिएका पृथ्वीनारायण शाहले तात्कालिक परिवेशमा ठूलो सांस्कृतिक क्रान्ति गरेर आफ्नाे लक्ष्यमा अघि बढेका थिए । यसको दुई सय वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङले चीनमा सांस्कृतिक क्रान्ति गरेका थिए ।

ब्रिटिश उपनिवेशवादको विरोधी तथा आफ्नाे मुलुकबाट इसार्ईहरूलाई निष्कासन गर्ने अभियानका अभियन्ता पनि पृथ्वीनारायण शाह नै थिए । यसको दुई सय वर्षपछि महात्मा गान्धीले भारतमा भद्र अवज्ञा आन्दोलन गरी भारतलाई अङ्ग्रेजको दासत्वबाट मुक्त गरेका थिए । यसरी चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङ र भारतका महात्मा गान्धी यी दुवैका प्रेरणाका स्रोत पनि पृथ्वीनारायण शाह नै हुन् भन्ने सिद्ध हुन्छ ।

पृथ्वीनारायणका भाषिक नीति

अहिले पृथ्वीनारायण शाहले अरूको भाषालाई दबाएर सबैमाथि नेपालीभाषा थोपरे भन्ने आरोप लागेको छ । जुुन भाषा सरल हुन्छ र सजिलैसँग बुझ्न सकिन्छ, त्यो भाषा सबैको माध्यम भाषा बन्न सक्छ । अहिले अङ्ग्रेजी भाषा स्वतः विश्वभाषा बनेको छ । त्यसरी नै आफ्नाे सरलताले गर्दा अहिले नेपालीभाषा नेपालको माध्यम भाषा एवं राष्ट्रभाषा बनेको छ । काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लको मखन महादेवको शिलालेख र उनका छोरा प्रताप मल्लको रानीपोखरीको शिलालेख नेपालीभाषामा लेखिएको छ ।

नेपालीभाषामा लेखिएका ती दुवै शिलालेखहरूमा खस र मगरलाई पञ्चका रूपमा साक्षी राखिएको छ । यसैगरी नेपाल उपत्यकाका मल्ल राजाहरूले ब्रातब्राह्मणहरूलाई बिर्ता दिई नेपालीभाषामा लेखिदिएका कागजपत्रहरू पनि फेला परेका छन् (वज्राचार्य, २०१९ः ८१–८४) । यसबाट लक्ष्मीनरसिंह मल्ल र प्रताप मल्लको समयमा नै नेपालीभाषाले नेपालमण्डलमा राजकाजको भाषाको रूप लिइसकेको र खस एवं मगरले मल्लदरबारमा भारदारको रूपमा स्थान पाइसकेको देखिन्छ ।

पृथ्वीनारायण शाहले स्थानीय भाषा, स्थानीय परम्परा र स्थानीय व्यक्तिलाई प्रश्रय दिएका थिए । मकवानपुर र मकवानपुरले चर्चेको सम्पूर्ण तराई बृहत् नेपालमा एकीकृत भएपछि पृथ्वीनारायण शाहले वि. सं. १८१९ फागुनमा जितु राउत थारूलाई उनको जिउधन माफ गरी चेरवन्त प्रगन्नाको कोलभी मौजा थमौती गरी सिम्रौनगढको हरिहरपुरबाट मैथिलीभाषामा लालमोहर गरिदिएका थिए (श्रेष्ठ, २०५८ः १६१–१६२) । यसैगरी पृथ्वीनारायण शाहले वि. सं. १८२८ चैतमा जनकपुरका महन्त सुमरनदासलाई जनकपुरको क¬शबिर्ता थमौती गरी मैथिलीभाषामा लालमोहर गरिदिएका थिए (राजवंशी, २०१८ः२१–२२) ।

विजयपुर, चौदण्डी र त्यसले चर्चेको सम्पूर्ण तराई बृहत् नेपालमा एकीकृत भएपछि पृथ्वीनारायण शाहका पूर्वतिर अघि बढेका भारदार अभिमानसिंह बस्नेतले लोकेश्वर पण्डितलाई कालिकाको पुजारी थमौती गरी विजयपुरबाट वि. सं. १८३१ कात्तिकमा मैथिलीभाषामा लालमोहर गरिदिएका थिए (राजवंशी, त्यहीः २३) । पृथ्वीनारायण शाहले स्थानीय भाषा र संस्कृतिलाई प्रश्रय दिई स्थानीय व्यक्तिहरूलाई नै महत्व दिएको पाइन्छ । त्यसकारण पृथ्वीनारायण शाहले अर्काको भाषा र संस्कृतिलाई मासेर अरूमाथि आफ्नाे भाषा र संस्कृति थोपरे भन्नु निरर्थक हो ।

नेपाल एकीकरणमा विविध समुदायको भूमिका

लमजुङराज्यका ६ थर पुवाँर (थापा), भण्डारी, राउत, सुयाँल (थापा), दुरा र घिमिरे हुन् । लमजुङमा शाह राजा स्थापना गर्नमा कुसुमाकर जोशी (घिमिरे) र खजे दुराको महत्वपूर्ण योगदान थियो (योगी, २०१३ः ४१७) । खसान्त भाइ (खस–बाहुन) र शेषान्त भाइ (गुरुङ) को पूर्ण सहमतिबाट यशोब्रé शाहले लमजुङमा एकछत्र राज्य गरेका थिए (गुरुङ, २०३४ः २०–२३) । गोरखाराज्यका ६ थर पाँडे, पन्त, अर्ज्याल, खनाल, बोहोरा र राना हुन् । द्रव्य शाहलाई गोरखामा राजा स्थापना गर्न गणेश पाँडे र नारायण अज्र्यालको महत्वपूर्ण भूमिका थियो । द्रव्य शाहले लमजुङबाट गोरखामा प्रवेश गर्दा उनलाई अठार जना गुरुङ उमराहरूले साथ दिएका थिए (गुरुङ, २०४१ः ११७) । राम शाहको समयमा पण्डित चित्रविलासले राजवंशावली र पण्डित धरणीधर शर्माले गोरक्षराजवंशावली लेखेका थिए (योगी, २०१३ः ५७२–५७५) । त्यसबेला जयभद्र अर्ज्याल, नन्द मिश्र, दुर्लभ जोशी लामिछाने आदि ठूला पण्डित थिए (पन्त, २०४५ः ६५७–६६५) ।

राम शाहको समयमा लखन थापामगर सिद्ध कहलाएका थिए (योगी, २०२१ः ३२–३५) । राम शाहले ललितपुरका राजा सिद्धिनरसिंह मल्लसँग मित्रता कायम गरी गोरखामा नेवारहरूलाई झिकाएर व्यापार गराई गोरखाराज्यको आर्थिक विकास तथा सांस्कृतिक समुन्नति गरेका थिए (पन्त, २०४३ः ५५८–५६३) । पृथ्वीपति शाहले नेपाल उपत्यकाबाट कालीगडहरू ल्याएर गोरखाको पोखरीथोकमा ढुङ्गाको स्तम्भसहित आफ्नाे शालिक स्थापना गरेर कलाको विकास गरेका थिए (पन्त, २०४१ः १४४–१४५) । नरभूपाल शाहको समयमा गौरेश्वर पाँडे राजगुरुको रूपमा तनहुँबाट गोरखा भित्रिएका थिए (योगी, २०२१ः ७८, ८४) ।

वंशावलीहरूमा भुटानका अवतारी लामाको तान्त्रिक अनुष्ठानबाट पृथ्वीनारायण शाहको जन्म भएको र गोरखनाथको वरदानबाट पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको उल्लेख छ (पन्त, २०४३ः ५३८, ५६७–५७७ योगी २०१६ः १, ९५, १०३, ज्ञवाली १९९२ः ३९) । पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले ल्होपा लामालाई ब्राह्मणसरह रसुवाको नकथली गुम्बा कुशबिर्ता दिएका थिए (वज्राचार्य र श्रेष्ठ, २०३७ः ४३) । यसबाट भुटानका अवतारी लामाको तान्त्रिक अनुष्ठानबाट पृथ्वीनारायण शाहको जन्म भएको भन्ने वंशावलीको कथनमा केही सत्यता पाइन्छ । पृथ्वीनारायण शाह स्वयंले पनि भुटानका लामा राजालाई नेपालका पुन्डी गुम्बा, नकथली गुम्बा, नागर्या गुम्बा, लिस्यांखु गुम्बा, चरिकोट गुम्बा र छुमाने गुम्बाको अधिकार पूर्ववत् थामिदिएका थिए (नेपाल, २०४५ः १३६) ।

पृथ्वीनारायण शाहको सैन्यनीतिबाट पनि नेपालको एकीकरणको अभियानमा विविध जातजातिको सहभागिता र भूमिका रहेको स्पष्ट हुन्छ, जस्तै– पट्टी पट्टिमा सिपाही पनि षस. मगर. गुरुं. ठकुरि. ईनै चार जातमात्रै षिचोला गरि हालनु र तर्वार पर्दा सार्हो हुन्छ. लुहा च्यापन्या पनि यिनै चार जातमात्रै हुन् र तरबार पर्दा साîो हुन्छ र वैरि त क्या इन्द्रको आसन् पनि डगाइंछ. (योगी, त्यहीः १६) ।” यसकारण खस, मगर र गुरुङको संयोजनबाट सङ्गठित नेपाली सेना नेपाल राष्ट्रको निर्माणका लागि अत्यन्तै बलशाली र सफलीभूत सिद्ध भएको थियो (आचार्य, २०२२ः १२९) ।

पृथ्वीनारायणका सुरक्षानीति

गुरुं, मगर. षानजादा. भैयाद. भारदार. मिर उमराउ. थर घर. पुराना. पुराना. जाची घुंडा. गौडामा राषनु (योगी, २०१६ः १७) ।

पृथ्वीनारायण शाहको समयमा दीनानाथ उपाध्याय भारततिरका र लाल गिरी तिब्बततिरका दूत थिए । पृथ्वीनारायण शाहका अग्रसेनानायकहरूमा रणजित् बस्नेत, मानसिंह रोकाहा, वीरभद्र पाठक, रामकृष्ण कुँवर आदि थिए । सिन्धुलीको पौवागढीमा कप्तान किनलक र हाँडी साहेबलाई परास्त गर्ने नेपाली सेनानायकहरूमा खजाञ्ची वीरभद्र उपाध्याय, सिकारी सर्दार वंश गुरुङ, काजी वंशराज पाँडे र काजी श्रीहर्ष पन्त थिए (पन्त र अरू, २०५५ः ८६२–८६४) । उक्त युद्धमा अङ्ग्रेजका धेरै हातहतियार हात लागेको हुँदा पृथ्वीनारायण शाहले गोरखनाथको नामबाट श्रीनाथ र गोरखकालीको नामबाट कालीबक्स कम्पनी स्थापना गरेका थिए ।

पर्वतका राजा कीर्तिबम मल्ल र काठमाडौँका उमरा परशुराम थापाले गरेको षड्यन्त्रलाई गाइनेको भेष गरेर पोखरा गई झागल गुरुङले विफल बनाइदिएका थिए (योगी, २०१६ः ३६) । मणिराम गाइने पृथ्वीनारायण शाहको पालाका चर्चित कर्खा गायक थिए । जया र बिस्या प्रमुख नगर्ची थिए । बिस्या नगर्चीको सल्लाहबाट पृथ्वीनारायण शाहले गोरखाको बाह्र हजार घरधुरीबाट १/१ रूपैयाँ उठाएर काशी गई हातहतियार ल्याएर नेपालको एकीकरण गरेका थिए । सेख जरवर, ममतकि र भेषार्सिं यी तीन लखनौवा मुसलमानहरूले पृथ्वीनारायण शाहको सेनालाई तालिम दिएका थिए (योगी, त्यहीः १९) ।

पाटनका काजी धनवन्त प्रधान र तन्त्रज्ञ ज्ञानकर बाँडाले नेपालको एकीकरणमा ठूलो सघाउ पु¥याएका थिए । काजी धनवन्त प्रधानका नाति त्रिभुवन प्रधान, रणबहादुर शाहको पालाका चार काजीमा एक काजी थिए । पृथ्वीनारायण शाहका पूर्वतिर अघि बढेका सेनानीहरूमा अमरसिंह थापा पनि थिए । किल्ला काँगडाको युद्धताका उनी बडाकाजी कहलाएका थिए । पृथ्वीनारायण शाहको दूरगामी नीतिका कारण नेपालले पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म विजय गर्नसकेको थियो ।

नेपालको एकीकरणको अभियानमा विविध समुदायको सहभागिता र भूमिका रहेको बुझिन्छ । पृथ्वीनारायण शाह स्वयंले पनि आफ्नाे दिव्योपदेशमा आफूले पूर्व र पश्चिमका दुनियाँलाई हात लिएर नेपालको एकीकरण गरेको कुरा बोलेका छन् (योगी, २०१६ः ११) । पृथ्वीनारायण शाहले जनताको सहयोगबाट बडो दुःखले एकीकरण गरेको नेपाल राष्ट्रलाई चार वर्ण छत्तीस जातको फूलबारीको संज्ञा दिएर यस साझा पूmलबारीको संरक्षण र संवद्र्धन गर्ने दायित्व नेपाली जनतालाई सुम्पेका छन् (योगी, त्यहीः १४) ।

वास्तवमा नेपाली जनताले पृथ्वीनारायण शाहलाई निमित्त बनाएर नेपालको एकीकरण र आधुनिक नेपाल राष्ट्रको निर्माण गरेका हुन् । पृथ्वीनारायण शाहले आफ्ना पूर्ववर्ती राजाहरूका गल्तीलाई दोहो-याएनन् । जीवनको अन्तिमकालमा उनका भाइहरू उनीसँग चिढिएर गोरखाबाट बाहिरिए तर पृथ्वीनारायण शाहले त्यसको केही पनि वास्ता नगरी नेपालको कुनै भूभाग कसैलाई पनि अंशबण्डा र दानदातव्यमा नदिई नेपालको राष्ट्रिय अखण्डतालाई कायम राखेका थिए । युद्धमा जयपराजय हुन्छ । जितार र हरूवा हुन्छन् । पृथ्वीनारायण शाहको क्रियाकलाप युद्ध नभएर नेपाल राष्ट्रको एकीकरणको अभियान हो ।

त्यसकारण नेपालको एकीकरणको अभियानमा जिताहा र हरूवा भन्ने भेद हुँदैन । सबै नेपाली एक हुन् किनभने नेपाल राष्ट्रको निर्माणमा सबै नेपालीको समान सहभागिता र भूमिका रहेको छ । नेपाल राष्ट्र हाम्रा पुर्खाहरूको धरोहर हो । अतः पृथ्वीनारायण शाहको आदर्श र मर्यादालाई ह्दय·म गरेर नेपाल राष्ट्रको सुदृढीकरण एवं नेपाली राष्ट्रियताको विकासका लागि अग्रसर भई नेपाल राष्ट्रलाई जोगाउनु सम्पूर्ण नेपालीको परम कर्तव्य हो ।

नेपालको एकीकरण

समन्वयात्मक अध्यात्मवादको पृष्ठभूमिमा समन्वयात्मक नेपाली संस्कृतिको संरचना र विकास भएको छ । यसरी नै समन्वयात्मक नेपाली संस्कृतिको धरातलमा नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको प्रबोधन, प्रवर्द्धन एवं विकास भएको छ । राज्य एउटा भूमि हो । राष्ट्रचाहिँ जनताको मानसिक सम्मिलन अर्थात् भावनात्मक एकता हो । त्यस मानसिक सम्मिलन एवं भावनात्मक एकताप्रतिको समर्पण, प्रतिबद्धता र निरन्तरताचाहिँ राष्ट्रियता हो ।

त्यसकारण यदि आर्यवंश तथा भारोपेलीभाषा परिवारको भाषा बोल्ने समुदाय जति भारत परस्त हुने र मङ्गाेलवंश तथा भोटबर्मेलीभाषा परिवारको भाषा बोल्ने समुदाय जति भोट–चीन परस्त हुने हो भने नेपाल राष्ट्रको महिमा र नेपाली राष्ट्रियताको अस्मिताको के औचित्य भयो र ? तर, नेपालमा त्यस्तो दुर्घटना कहिल्यै पनि हुन सक्दैन । त्यसतर्फ कुनै राष्ट्रवादी नेपालीले सोच्तैन र सोच्न पनि सक्दैन । जुनसुकै व्यक्ति वा समुदाय चाहे जुनसुकै ठाउँबाट नेपालमा आएको होस्, नेपालको भूमिमा टेकेपछि उसले आफ्नाे पूर्वसंस्कारलाई छोडेर नेपाल राष्ट्र र नेपाली राष्ट्रियताप्रति नै समर्पित हुने नेपाली चरित्र छ ।

लिच्छविहरू भारतको वैशालीबाट नेपाल आएका थिए तर उनीहरू नेपाल राष्ट्रप्रति नै समर्पित भए । त्यसकारण नेपालको इतिहासमा लिच्छविकाललाई स्वर्णकाल मानिएको छ । मध्यकालमा जयस्थिति मल्ल डोलाजीका रूपमा बाहिरबाट नेपालमा भित्रिएका थिए । जयस्थिति मल्लले नै एउटा बलियो थिति बाँधेर त्यसबेलाको राजनीतिक र आर्थिक दृष्टिले जर्जर नेपाललाई व्यवस्थित बनाएका थिए । खस र मगरहरू पश्चिमबाट पूर्वतिर अघि बढेका थिए ।

काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लको समयसम्म खस र मगरहरूले मल्लदरबारमा स्थान पाइसकेका थिए । यसैगरी नेपालमण्डलका मल्ल राजाहरूले खसभाषालाई राजकाजको भाषाको रूपमा मान्यता दिइसकेको थियो । मैथिली, भोजपुरी र अवधीभाषाले पनि मल्लदरबारमा लोकप्रियता हासिल गरिसकेका थिए । पाल्पाली राजा मुकुन्द सेनको समयमा खस र मगरहरू अझै अघि बढेर किरातप्रदेशसम्म पुगेका थिए ।

अतः नेपाल राष्ट्रको निर्माण, नेपाली राष्ट्रियताको प्रबोधन एवं प्रवद्र्धनका लागि राजनीति र राजनीतिक व्यवस्थाभन्दा यी दुई वर्गका जनताबीचको सन्तुलन, समन्वय, समझदारी र सहअस्तित्व महत्वपूर्ण छ । यी दुई वर्गका जनताबीच द्वन्द्व भयो भने नेपाल राष्ट्र विखण्डन हुनेछ । यी दुई वर्गका जनताबीच सन्तुलन र समन्वय भयो भने नेपाल राष्ट्र तथा नेपाली राष्ट्रियता सधैँ सुदृढ, अटल र दिगो रहिरहनेछ । अहिले नेपालमा यी दुई वर्गका जनताबीच द्वन्द्वको लक्षण देखा पर्न थालेको छ । अतः नेपाली संस्कृति कच्पचिएको छ र नेपाली राष्ट्रियता धमिलिएको छ । नेपाल राष्ट्र विखण्डनको दिशातिर धकेलिन लागेको छ तर समन्वयात्मक नेपाली संस्कृतिले नेपाली–नेपालीबीच कहिल्यै पनि कुनै किसिमको फाटो पर्न दिनेछैन । नेपाली मानसिकतालाई सधैँ नेपाल राष्ट्रको निर्माण तथा नेपाली राष्ट्रियताको प्रबोधन, प्रवर्द्धन र विकासतर्फ उन्मुख गराइरहनेछ ।

नेपाल राष्ट्रको निर्माणमा सबै नेपालीको समान भूमिका र योगदान रहेको छ । यस सन्दर्भमा सबभन्दा पहिले बौद्धिक ब्राह्मण, ज्योतिषीहरूले नेपाल राष्ट्रको निर्माणका लागि शुभ साइत हेरे । त्यसपछि ठकुरी, खस, मगर, गुरुङ तथा राई, लिम्बू यी खुँडा हान्ने लडाकु जातिहरू कुममा कुम जोडेर हातमा खुँडा र खुकुरी लिई नेपाल राष्ट्रको निर्माणका लागि अघि बढे । युद्धोपरान्त ब्राह्मणहरूले खरी र पाटी लिएर बही एवं स्रेस्ता मिलाएर नेपाली राष्ट्रियताको भावना जगाए । गन्धर्वहरूले सारङ्गीको सुर र तालमा पुर्खाहरूको वीरताको गाथा कर्खा गाएर घरघरबाट, गाउँगाउँ र बस्तीबस्तीबाट नेपाल राष्ट्रको निर्माणका लागि मरिमेट्ने योद्धाहरू बटुले । नगर्चीहरूले लस्करको अघिअघि नगरा र कर्नाल बजाएर योद्धाहरूको उमङ्ग र फूर्ति बढाइदिए । विश्वकर्माहरूले युद्धको मोहोडामै आरन थापेर ढाल, तरबार, खुँडा र खुकुरी बनाए । महिला र केटाकेटीले ढिकी र जाँतो बोकेर रणक्षेत्रमा नै योद्धाहरूलाई खाना पकाएर ख्वाए । अहिले पनि नेपालका कोटहरूमा हाम्रा पुर्खाहरूको वीरगाथा राग मालश्री गाइँदै छ । देवदुन्दुभि नगरा र कर्णाल बज्दैछ । सहनाईमा रासको राग बजाइँदैछ । यी हाम्रा अमूर्त सांस्कृतिक सम्पदा हुन् ।

नेवारहरूले नेपालका विभि; हटिया र शहर बजारहरूमा व्यापार र उद्योगधन्दा सञ्चालन गरी देशको आर्थिक समुन्नति गरे । मधेसका जनताले जमिन हराभरा बनाएर अन्न उत्पादन गरे । हिमालीक्षेत्रका जनताले भोटको नुन पहाडमा, पहाडको खुर्सानी र सुर्ती भोटमा पु¥याएर आर्थिक सम्बन्ध बढाए । हिन्दूहरूले नेपालमा आर्य संस्कृतिको अस्मितालाई जोगाएर राखे । सबैलाई आफूजस्तै ठानेर आत्मवत् व्यवहार गर्नु नै आर्य संस्कृतिको आदर्श र मर्यादा हो ।

नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको जगेर्नाका लागि किरात र बोनहरूले आफ्नाे सम्पदा जोगाएर राखे । बौद्धहरूले शान्तिको सन्देशद्वारा कलाकौशलको विकास गरेर अन्ताराष्ट्रमा समेत नेपाली कलाको प्रचारप्रसार गरे । इस्लामहरूले काशी, कलकत्ता, काश्मीर र तिब्बतसँग व्यापार बढाई शृगार तथा सौभाग्यका सामग्रीहरूको आपूर्ति गरे । जैनहरूले नेपालको आर्थिक उन्नति गरे । यसरी हिमाल, पहाड, नेपालमण्डल र मधेस–तराईका नेपालीबीचको सद्भाव र सहिष्णुताले नेपालको राष्ट्रिय एकतालाई बलियो बनाएको छ । यिनै अनेकतामा एकता भएका विविध जातिको स्वच्छ ह्दयको मधुर स्पन्दनको स·म नै बृहत् नेपाल राष्ट्रको प्राण हो । सरल नेपाली जनजीवनको प्रत्येक मुटुको ढुकढुकीले यही कुरा भनिरहेको छ ।

हाम्रो दायित्व

नेपाल राष्ट्र विखण्डन हुन थाल्यो भने नेपाल राष्ट्रको अखण्डता र नेपाली राष्ट्रियताको स्थिरताका लागि सन्तुलन र समन्वय ल्याउने विवेकको दायित्व प्रत्येक चेतनशील राष्ट्रवादी नेपाली नागरिकको हो । अहिले सबैलाई स्वअस्तित्वको पहिचान, आत्मनिर्णयको अधिकार र प्राज्ञिक स्वतन्त्रता चाहिएको छ तर जातीयताभन्दा राष्ट्रियता ठूलो हुन्छ, जातीय स्वाभिमानभन्दा राष्ट्रको गौरव गरिमामय हुन्छ । प्रदेशभन्दा सिंगाे एवं एकढिक्का नेपाल राष्ट्रको महत्व बढी हुन्छ ।

नेपालका मूर्त–अमूर्त सांस्कृतिक सम्पदाले हामीलाई सधैँ समन्वयको बाटोमा हिँड्न अभिप्रेरित गरिरहेका छन् । अहिले नेपालमा विस्तारै जातीय र साम्प्रदायिक भावना हटेर एउटा साझा नेपाली समाजको सिर्जना हुन थालिसकेको छ । हामी सबै राष्ट्रप्रेमी नेपाली जातीय एवं साम्प्रदायिक धरातलभन्दा माथि उठेर नेपाल राष्ट्रको सुदृढीकरण, अखण्डता र नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन तथा विकासका लागि अग्रगामी हुनु आजको परम आवश्यकता हो ।

निष्कर्षतः अझै पनि हामी नेपाली एकआपसमा कति लड्ने, कति भिड्ने, कति मर्ने, कति मार्ने, कति रुने ? त्यसकारण अब उत्तिष्ठ युद्धाय कृतनिश्चयः नभई उत्तिष्ठ राष्ट्राय कृतनिश्चयः आजको हाम्रो प्रतिबद्धता र अठोट हुनुपर्दछ । त्यसकारण अब हामी हाँसीखुसीका साथ हातेमालो गरेर रमाउँदै नेपाल राष्ट्रको सुदृढीकरण र नेपाली राष्ट्रियताको विकासका लागि वाचा गरौँ वयं राष्ट्रे जागृयामः पुरोहिताः (हामी राष्ट्रमा अग्रगामी भई जागौँ) ।

(डा. जगमान गुरुङ) हरिप्रसाद सोडारीले  सम्पादन गर्नुभएको पुस्तक अनेकन दृष्टिमा राष्ट्रनिर्माताबाट साभार 

सम्बन्धित समाचार