शुक्रबार , अषोज १४, २०७९

भीमफेदीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु

image

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना भएको छ । दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको हो ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८  नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले बताए ।

ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार