शुक्रबार , मंग्सिर २३, २०७९

अवतार २’ हेर्न दर्शकले सिनेमाघरमा झण्डै ४ घण्टा बिताउनुपर्ने

जेम्स क्यामरुनको निर्देशन रहेको चलचित्रको दोस्रो शृङ्खला १३ वर्षको लामो पर्खाइपछि प्रदर्शनमा आउन लागेको हो । तर, चलचित्रको लम्बाइलाई लिएर हल सञ्चालक चिन्तित बनेका छन् ।

image

काठमाडौं । लोकप्रिय हलिउड चलचित्र ‘अवतार’को दोस्रो शृङ्खला यही पुस १ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन हुन गइरहेको छ ।

जेम्स क्यामरुनको निर्देशन रहेको चलचित्रको दोस्रो शृङ्खला १३ वर्षको लामो पर्खाइपछि प्रदर्शनमा आउन लागेको हो । तर, चलचित्रको लम्बाइलाई लिएर हल सञ्चालक चिन्तित बनेका छन् । चलचित्रको लम्बाइका कारण नेपालका सिनेमा घरलाई समस्या हुने देखिन्छ ।

साधारणतया चलचित्रको लम्बाई २ देखि २:३० मिनेट हुने गर्छ । तर, अवतार : द वे अफ वाटरको लम्बाइ ३ घण्टा १४ मिनेटको हुनेछ । जसले सिनेमा घरको चार घण्टा समय ‘अकुपाइड’ गरिदिन्छ ।

चलचित्र प्रदर्शनअघिको समय, ब्रेक र प्रदर्शनपछिको एक्जिट समय जोड्दा दर्शकले सिनेमा घरमा झण्डै ४ घण्टा समय बिताउनुपर्ने हुन्छ । यो चलचित्रले दर्शकलाई धैर्यताको परीक्षा समेत लिनेछ ।

एउटै चलचित्रलाई चार घण्टाको समय दिँदा सिनेमा घरहरूले कम सो पाउनेछन् । जसले कमाइलाई पनि प्रभावित पार्न सक्छ । रन-टाइम लामो हुँदा चलचित्रको सो सङ्ख्यामा कमी आउनेछ ।

हलिउड रिपोर्टर म्यागजिनका अनुसार अवतार २ सन् २०२२ कै लामो चलचित्र हुनेछ ।

Tags:

सम्बन्धित समाचार