शनिबार , फागुण १९, २०८०

रुपन्देहीको सैनामैनामा ऐतिहासिक भड्छा महोत्सव सुरु

रातिमा सुरु भई रातिमै सम्पन्न हुने मेलाको मौलिक विशेषता हो ।

image

काठमाडौँ । आज शनिबारबाट रुपन्देहीको सैनामैना नगरपालिकामा ऐतिहासिक भड्छा महोत्सव सुरु भएको छ ।

सैनामैना नगरपालिका वडा नं. ८ मा भड्छा गाउँ समाज सैनामैना –८ ले माघेऔँसीको अवसरमा तीनदिने उक्त मेला आयोजना गरेको हो ।

रुपन्देहीको पुरानो संस्कृति मानिएको भड्छा मेला हरेक वर्षको माघेऔँसीमा पश्चिम सैनामैना नगरको भड्छा गाउँमा सञ्चालन हुँदैआएको छ ।  ‘हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित विगतका वर्षमाजस्तै यस वर्ष पनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले भड्छा मेला सुरु भएको हो ।

मेलाका लागि सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । वडाध्यक्ष चौधरीले भड्छा मेला यस क्षेत्रकै ऐतिहासिक मेला भएको बताउँदै थारु जातिको संस्कृति बचाउने र मेलाको ऐतिहासिक महत्त्व प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताए । मेलालाई व्यवस्थित रूपले सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ ।

रातिमा सुरु भई रातिमै सम्पन्न हुने मेलाको मौलिक विशेषता हो ।

सम्बन्धित समाचार