शुक्रबार , मंग्सिर २३, २०७९

भाइटिकाका लागि बालगोपालेश्वर मन्दिर बिहानबाटै खुल्ने

वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना गर्न पाउने जनाइएको छ ।

image

काठमाडौं । हरेक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर भोली बिहीबार बिहानबाटै खुल्ने भएको छ । भाइटीकाको उपलक्ष्यमा बिहानबाटै मन्दिर खोल्न तयारि गरिएको महानगरपालिकाले बताएको छ ।

वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना गर्न पाउने जनाइएको छ । दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर गइ पूजा आराधना गरि टीका लगाउने गर्छन् । रानीपोखरी क्षेत्रमा वि.सं २०६३ पश्चात छठ पर्व पनि मनाउने थालिएको थियो । तर, वि.सं २०७२ को भूकम्पका कारण सोहि वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो ।

भूकम्पपछि पनि भाइटीकाको उपलक्ष्यमा रानीपोखरी खुला गरि मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो ।  भूकम्पले क्षतिग्रस्त मन्दिर वि.सं २०७७ पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई मन्दिरमा पूजा अर्चना गर्न सजिलो भएको छ । साथै, यस वर्षदेखि छठमा पनि रानीपोखरीमा कार्यक्रम गर्ने माग आएकाले खुला गर्ने तयारी गरिएको जनाइएको छ ।

Tags:

सम्बन्धित समाचार