सोमबार , फागुण १४, २०८०

भक्तपुरमा बेलविवाह विधिवत् रूपमा सम्पन्न

यो विवाह गरेका कारण केहीगरी श्रीमानको अकाल मृत्यु भइहालेमा पनि नेवार महिलाहरूले विधवा हुनु नपर्ने मान्यता रहिआएको छ ।

image

काठमाडौँ । भक्तपुरको नेवार समुदायमा इहि संस्कार (बेलविवाह) विधिवत् रूपमा सम्पन्न भएको छ ।

यस समुदायमा रजस्वला हुनुअघि बेलविवाह गर्ने चलन छ । यस संस्कारमा बेललाई विष्णुको प्रतीक मानेर विवाह गर्ने चलन छ । यस्तै, ‘बारहा’ अर्थात् गुफा राख्ने चलन छ । यस संस्कारमा सूर्यसँग विवाह गराउने चलन छ ।

यो विवाह गरेका कारण केहीगरी श्रीमानको अकाल मृत्यु भइहालेमा पनि नेवार महिलाहरूले विधवा हुनु नपर्ने मान्यता रहिआएको छ ।

भक्तपुरको भेलुखेलका राजेन्द्र लेगेको छोरीको इहि गर्न लाग्दा सो क्षेत्रका ३९ जना कन्या सो संस्कारमा उपस्थित भएका हुन् ।

सम्बन्धित समाचार