बिहिबार , फागुण १७, २०८०

भक्तपूर नगरपालिकाले बढायो पर्यटन शुल्क

image

भक्तपुर । अङ्ग्रेजी नयाँ वर्ष २०२३ सुरु भएसँगै भक्तपुर नगरपालिकाले गैर-सार्क पर्यटकलाई लिँदै आएको पर्यटन शुल्कमा वृद्धि गरेको छ ।

नगर कार्यपालिकाको कार्यालयले पर्यटन शुल्क वृद्धिसम्बन्धी सूचना जारी गर्दै यो जानकारी गराएको छ । सूचनामा उल्लेख भए अनुसार नगरपालिकाले गैर-सार्क पर्यटकसँग यसअघि रु. १५०० पर्यटन शुल्क असुल गर्दै आएकोमा अबदेखि रु. १८०० शुल्क उठाएने निर्णय गरेको हो ।

कार्यालयका अनुसार अमेरिकी डलरको भाउमा क्रमशः वृद्धि हुने क्रम जारी रहेपछि पर्यटन शुल्क बढाइएको हो । हाल प्रति अमेरिकी डलर बराबर १२७ रुपैयाँ हुने भएकाले सोह डलर रेटअनुसार पर्यटन शुल्कमा समेत वृद्धि गरिएको नगर कार्यपालिकाको कार्यालयले जानकारी गराएको छ ।

नगरपालिकाले एक गैर-सार्क पर्यटकसँग १५ अमेरिकी डलर पर्यटन शुल्क उठाउने भएको हो ।

नगरपालिकाले जारी गरेको सूचनाः

No description available.

सम्बन्धित समाचार