शुक्रबार , फागुण १८, २०८०

अर्थमन्त्री पौडेलको पहिलो निर्णय- मन्त्रालय र मातहतका निकायमा डिजिटल कार्यसञ्चालन गर्ने

image

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायमा डिजिटल कार्यसञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् ।

आजै पदभार ग्रहण गरेका पौडेलले अर्थतन्त्र संकटको डिलमा पुगेको टिप्पणी गर्दै त्यसलाई सुरक्षित ठाउँमा फर्काउने बताएका छन्  ।

‘अर्थतन्त्र संकटको डिलमा छ, सुरक्षित ठाउँमा फर्काउनको लनगि मेहनत गर्नुछ । विज्ञ सरोकारवालका सुझाव लिएर समस्या पहिचान गरेर समाधानको बाटोमा लाग्ने काम गर्छु,’ पदभार ग्रहण गर्दै पौडेलले भने, ‘अर्थतन्त्रका चुनौती काबुबाहिर छैनन् समाधान हुन्छ ।’

Tags:

सम्बन्धित समाचार