शुक्रबार , अषोज १४, २०७९

यी हुन् वर्षौँसम्म सिनेमाघरमा राज गर्ने चलचित्र, कुनै अझै प्रदर्शन हुँदै

आजको समयमा कुनै पनि चलचित्र २ हप्ता, ४ हप्ता या धेरैमा ६ हप्तासम्म चल्लान् । त्यो भारतीय सिनेमाको स्वर्णयुग थियो, जब चलचित्रले पर्दामा राज गरेर रेकर्ड कायम गर्थे ।

image

कमल हसनले हालै आफ्नो चलचित्र ‘विक्रम’को प्रदर्शनको १०० दिन पुरा भएकोमा खुसी मनाएका छन् । उनले चलचित्रको सफलताका लागि दर्शकलाई धन्यवाद दिएका छन् । तर भारतीय सिनेमाको इतिहासमा केही यस्ता चलचित्र पनि आए, जसले पर्दामा १०० होइन ५०० देखि १००० सप्ताहसम्म राज गरे । आजको समयमा कुनै पनि चलचित्र २ हप्ता, ४ हप्ता या धेरैमा ६ हप्तासम्म चल्लान् । त्यो भारतीय सिनेमाको स्वर्णयुग थियो, जब चलचित्रले पर्दामा राज गरेर रेकर्ड कायम गर्थे । आउनुहोस् यस्तै १० चलचित्रको बारेमा जानौँ जुन लामो समयसम्म पर्दामा टिकिरहे ।

दिलवाले दुल्हनिया ले जाएंगे (१९९५)
चलचित्र १००० सप्ताह भन्दा धेरै (अहिलेसम्म प्रदर्शन भइरहेको छ) समय प्रदर्शन भइसकेको छ । आदित्य चोपडाको निर्देशनमा बनेको चलचित्रमा शाहरुख खान र काजोल मुख्य भूमिकामा रहेका छन् । २० अक्टोबर १९९५बाट प्रदर्शनमा आएको चलचित्रले अहिलेसम्म २७ वर्षको यात्रा गरिसकेको छ । मुम्बईको मराठा मन्दिर थिएटरमा आज पनि यो चलचित्र बिहान ११:३० बजेको शोमा प्रदर्शन गरिन्छ र यो शो अहिले पनि हाउसफुल हुने गरेको छ । कोरोना महामारीको समय बाहेक यो चलचित्रको प्रदर्शन कहिल्यै रोकिएको छैन ।

शोले (१९७५)
चलचित्र २८६ सप्ताहभन्दा धेरै समय प्रदर्शन भएको थियो । रमेश सिप्पीको निर्देशनमा बनेको यो चलचित्र मुम्बईको मिनर्वा थिएटरमा ५ वर्षभन्दा धेरै समयसम्म प्रदर्शन भएको थियो । चलचित्रमा अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, संजीव कुमार, अमजद खान र जया बच्चन मुख्य भूमिकामा रहेका छन् ।

किस्मत (१९४३)
चलचित्र १८७ सप्ताहसम्म प्रदर्शन भएको थियो । ज्ञान मुखर्जीको निर्देशनमा बनेको किस्मतमा अशोक कुमार, मुमताज शान्ति र शाह नवाज मुख्य भूमिकामा रहेका छन् । चलचित्रले पर्दामा ३ वर्ष राज गरेको थियो ।

मुगल- ए- आजम (१९६०)
चलचित्र १५० सप्ताहभन्दा धेरै समय प्रदर्शन भएको थियो । चलचित्रले करिब ३ वर्षसम्म प्रदर्शनको रेकर्ड बनाएको थियो । के. आसिफको निर्देशनमा बनेको यो चलचित्रमा पृथ्वीराज कपूर, दिलीप कुमार र मधुबाला मुख्य भूमिकामा रहेका छन् ।

बरसात (१९४९)
चलचित्र १०० सप्ताहसम्म प्रदर्शन भएको थियो । राज कपूरको निर्देशनमा बनेको ‘बरसात’ लगभग दुई वर्षसम्म सिनेमाघरमा प्रदर्शन भएको थियो । चलचित्रमा राज कपूर, नर्गिस र प्रेमनाथ मुख्य भूमिकामा रहेका छन् ।

मैने प्यार किया (१९८९)
चलचित्र ५० सप्ताहसम्म प्रदर्शन भएको थियो । सूरज बडजात्याको निर्देशनमा बनेको यो चलचित्र करिब १ वर्षसम्म प्रदर्शनमा आएको थियो । चलचित्रमा सलमान खान र भाग्यश्री मुख्य भूमिकामा रहेका थिए ।

हम आपके है कौन (१९९४)
चलचित्रले ५० सप्ताहभन्दा धेरै सिनेमाघरमा राज गरेको थियो । राजश्री प्रोडक्सनको यो चलचित्र करिब १ वर्षसम्म प्रदर्शनमा आएको थियो । चलचित्रमा सलमान खान, माधुरी दीक्षित, मोहनीश बहल, रेणुका शहाणे, अनुपम खेर, रीमा लागू र आलोकनाथ मुख्य भूमिकामा रहेका छन् ।

राजा हिन्दुस्तानी (१९९६)
चलचित्र लगभग ५० सप्ताहसम्म प्रदर्शनमा आएको थियो । धर्मेश दर्शनको निर्देशनमा बनेको चलचित्रमा आमिर खान र करिश्मा कपूर मुख्य भूमिकामा रहेका छन् । यो चलचित्रले करिब १ वर्षसम्म सिनेमाघरमा राज गरेको थियो ।

कहो ना प्यार है (२०००)
चलचित्र करिब ५० सप्ताहसम्म प्रदर्शनमा आएको थियो । ऋतिक रोशन र अमीषा पटेल मुख्य भूमिकामा रहेको चलचित्रले करिब १ वर्षसम्म पर्दामा स्थान बनाएको थियो । चलचित्रको निर्देशन राकेश रोशनले गरेका हुन् ।

मोहब्बते (२०००)
चलचित्र करिब ५० सप्ताहसम्म सिनेमाघरमा देखाइएको थियो । आदित्य चोपडाको निर्देशनमा बनेको ‘मोहब्बते’ करिब १ वर्षसम्म चलेको थियो । चलचित्रमा अमिताभ बच्चन, शाहरुख़ खान र ऐश्वर्या राय मुख्य भूमिकामा रहेका छन् ।

 

 

Tags:

सम्बन्धित समाचार