आइतबार , फागुण १३, २०८०

दुई वर्षसम्म रोकिएको बुद्ध जयन्ती यसपालि चार दिनसम्म मनाइने

image

काठमाडौं । यसवर्ष २५६६ औं बुद्ध जयन्ती चार दिनसम्म मनाइने भएको छ ।

कोरोना महामारीका कारण लगातार दुई वर्षसम्म रोकिएको बुद्ध जयन्ती यसपालि रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने भएको हो ।

बुद्धको जन्मस्थल लुम्बिनीमा जेठ एक गते देखि चार गतेसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने तयारी भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्यस अन्तर्गत विभिन्न उपसमितिहरु क्रियाशील रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

बुद्ध जयन्तीकै अवसर पारेर लुम्बिनीमा निर्माण सम्पन्न भएको पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको शाक्यले बताए ।

सम्बन्धित समाचार