शुक्रबार , मंग्सिर २३, २०७९

उज्यालो पर्व तिहार सकिएसँगै छठको रौनक सुरु

काठमाडौं उपत्यकाका विभिन्न पोखरी तलाउमा पनि छठपर्वको दिन छठी माताको पूजा अर्चना गरिन्छ ।

image

काठमाडौं । यससालको उज्यालो पर्व तिहार हिजो (बिहीबार) भाइटीका लगाएसँगै सकिएको छ । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भाइटीका मनाएका थिए ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । यसपालिको तिहारमा साढे २४ लाखभन्दा धेरै फूलमालाको कारोबार भएको फ्लोरिकल्चर एसोशिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउँछन् ।  यस्तै, तिहारका लागि मात्रै भनेर झण्डै ७५ करोड रुपियाँ बराबरको फलफूल आयात भएको छ ।

तिहार सकिएसँगै छठपर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठपर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । अहिले जनकपुरधामसहित तराई–मधेसमा छठको रौनक शुरु भएको छ ।

लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ।

काठमाडौं उपत्यकाका विभिन्न पोखरी तलाउमा पनि छठपर्वको दिन छठी माताको पूजा अर्चना गरिन्छ । छठको मुख्य दिन पर्सि आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

Tags:
छठ

सम्बन्धित समाचार