शुक्रबार , अषोज १४, २०७९

उपन्यास ‘सात जुनी’ बिक्रीबाट आएको सबै रकम समाजसेवामा

image

पन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’ को बिक्रीबाट प्राप्त एक लाख रुपैयाँ समाजसेवाका लागि प्रदान गरेका छन् ।

लेखक पनेरुले उक्त रकम माइती नेपालकी संस्थापक एवं सिएनएन हिरो अनुराधा कोइरालामार्फत ‘सात जुनी विकास कोष’ मा हस्तान्तरण गरेका हुन् । उक्त कोषमा हेमा पनेरु अध्यक्ष र कलाकार अविनाश न्यौपाने उपाध्यक्ष छन् ।

हाल संयुक्त राज्य अमेरिका बस्दै आएका गोरखाको सौरपानीमा जन्मिएका पनेरुले सौरपानीलाई नै आधारबिन्दु बनाई त्यहाँका समस्या समाधानमा सहयोग पुग्ने गरी कोष स्थापना गरिएको बताए ।

गत महिना पनेरुद्वारा लिखित चार कृति उपन्यास ‘सात जुनी’, बालकविता सङ्ग्रह ‘हाम्रो झन्डा’, गीति सङ्ग्रह ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको थियो ।

यी चार कृति मध्ये ‘सात जुनी’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम विकास कोषमा राखिने छ भने अन्य दाताहरूबाट प्राप्त रकमसमेत कोषमा जम्मा गरिने जनाइएको छ ।

Tags:

सम्बन्धित समाचार