शुक्रबार , अषोज १४, २०७९

धादिङको गजुरीमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु

image

काठमाडौं । धादिङ गजुरी बजारको आदर्श माद्यामिक विद्यालयका एक जना विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो ।

विद्यार्थीको मृत्युपछि  स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् ।

उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।

सम्बन्धित समाचार