शुक्रबार , मंग्सिर २३, २०७९

आजबाट सिनेमाघरमा ‘दुई नम्बरी’ र नेटफ्ल्क्सिमा ७२ सालको भूकम्पमाथि बनेको ‘आफ्टरसक’

२०७२ सालमा आएको नेपालको भूकम्पमाथि बनेको डकुमेन्ट्री ‘आफ्टरसक : एभरेस्ट एण्ड द नेपाल अर्थक्वेक’ पनि नेटफ्ल्क्सिबाट आजै प्रदर्शनमा आएको छ ।

image

काठमाडौं । आज शुक्रबारबाट सिनेमाघरमा नेपाली चलचित्र ‘दुई नम्बरी’ र ओटीटी प्लेटफर्म नेटफ्ल्क्सिमा २०७२ सालमा आएको नेपालको भूकम्पमाथि बनेको डकुमेन्ट्री ‘आफ्टरसक : एभरेस्ट एण्ड द नेपाल अर्थक्वेक’ प्रदर्शनमा आएका छन् ।

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘दुई नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी र बुद्दि तामाङ आदिको अभिनय रहेको छ छ । मित्रताको कथा बोकेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन रहेको छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा राजीव गुरुङ, अमलादेवी राई र जयश श्रेष्ठ रहेका छन् ।

२०७२ सालमा आएको नेपालको भूकम्पमाथि बनेको डकुमेन्ट्री ‘आफ्टरसक : एभरेस्ट एण्ड द नेपाल अर्थक्वेक’ पनि नेटफ्ल्क्सिबाट आजै प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यका, सगरमाथा क्षेत्र र लाङटाङमा छायांकन गरिएको यो डकुमेन्ट्री तीन सिरिजमा विभाजित छ जसमध्ये पहिलो भाग आजबाट हेर्न सकिनेछ ।

Tags:

सम्बन्धित समाचार