सोमबार , फागुण १४, २०८०

निर्वाचन आयोगले माग्यो १० अर्ब ९८ करोड बढी बजेट

image

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अर्थमन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट माग गरेको छ ।

आइतबार आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको हो ।

यो बजेट मन्त्रालयबाट निकासा हुन भने बाँकी छ ।

सरकारले आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको थियो । त्यो घोषणा गरेसँगै आयोग तयारीमा जुटेको थियो ।

प्रवक्ता पौडेलका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा यसपालि अनुमानित पाँच लाख बढी मतदाता थपिएका छन् । मतदाताको संख्या एक करोड ८२ लाख हुनसक्ने उनले बताए। यसको अन्तिम नामावली आयोगले पछि सार्वजनिक गर्ने जनाएको छ ।

यस्तै करिब १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र बनाउने आयोगको तयारी छ ।

सम्बन्धित समाचार