शुक्रबार , मंग्सिर २३, २०७९

आरम्भ भयो नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव

महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन गरिनेछ । यो वर्ष ओस्करका लागि नेपालको तर्फबाट सिफारिस गरिएको चलचित्र 'ऐना झ्यालको पुतली', किरण श्रेष्ठले निर्देशन गरेको 'एट एनोदर विन्टर' र विशाल रोक्का मगरले निर्देशन गरेको 'गोर्खा गर्ल्स' प्रदर्शन हुनेछन् ।

image

काठमाडौं । शुक्रवारबाट नेपाल-युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण सुरु भएको छ । कार्तिक २२ गतेसम्म आयोजना हुने यो महोत्सवलाई युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले कलाको प्रदर्शनीसँगै संस्कृति आदानप्रदानका लागि उपयुक्त माध्यम भएको बताएकी छिन् ।

प्रदर्शन गरिने चलचित्रले युरोपलाई बुझ्ने अवसर समेत प्रदान गर्ने डेप्रेजले बताइन् । महोत्सवकी सद्भावना दूत अभिनेत्री केकी अधिकारीले चाडवाड सकिएपछि चलचित्र महोत्सवको रूपमा सिर्जनाको पर्व सुरु भएको बताइन् । भौतिक र भर्चुअल दुवै माध्यमबाट महोत्सव आयोजना भएको हो ।

महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन गरिनेछ । यो वर्ष ओस्करका लागि नेपालको तर्फबाट सिफारिस गरिएको चलचित्र ‘ऐना झ्यालको पुतली’, किरण श्रेष्ठले निर्देशन गरेको ‘एट एनोदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गर्ल्स’ प्रदर्शन हुनेछन् ।

महोत्सव कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शन हुनेछन् ।

Tags:

सम्बन्धित समाचार