शनिबार , फागुण १९, २०८०

छोरीको योनी छेदन गर्ने निर्दयी संस्कार

"उनले मेरो हात समाइन भने अर्की महिलाले खुट्टा । त्यसपछि उनीहरूले मेरो योनी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए ।"

image

दुनियाँभरमा महिला अधिकार, लैङ्गिक समानता र न्यायको लागि अद्वितीय अभियान कैयौँ दशकबाट चल्दै आएको छ । महिलालाई उसको यौनाङ्गकै कारण सङ्कीर्ण र हेयभावले हेरेको पाइन्छ । यो सिलसिला एसियन देशहरूमा मात्र नभएर संसारभरिका महिलाले भोग्दै आएका छन्।

लैङ्गिक विभेद र दुर्व्यवहारविरुद्ध सामाजिक सञ्जालमा ‘‘मिटु’ अभियानले हार्भे वाइनस्टाइन्, ओलिभर स्टोन, बेन एफ्फ्लेक जस्ता धेरै बलिया नामहरू अगाडी आए । विश्वव्यापी रूपमा चलेको अभियानको केही प्रभाव नेपालमा पनि परेको देखिएको छ । ०४६ मा प्रजातन्त्रको पुनर्स्थापनाका लागि भएको जनआन्दोलनयता नेपाली महिलाहरू पटकपटक राजनीतिक र सामाजिक मुद्दाका लागि सडकमा ओर्लिएका छन्।

असमान व्यवहार, असमान तलब सुविधा, पैतृक सम्पत्तिमा समान अधिकार र महिलाको असमान राजनीतिक प्रतिनिधित्व बहसका विषय बनिरहेका छन् । तर, आजसम्म पनि महिलाले स्वयम् आफ्नो मात्रै नभएर सम्पूर्ण परिवार/समाजकै इज्जतको भारी आफ्नो योनीमा बोकेर हिँड्नु परेको छ । महिला अधिकार सुनिश्चितता र यौनिक एवम् अन्य हिंसामा परेकालाई न्याय हुनुपर्ने माग राख्दै महिला आन्दोलन जारी नै छ ।

सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घ बाल विकास कोष (युनिसेफ) ले प्रकाशन गरेको जर्नलअनुसार विश्वभरका कम्तीमा पनि २० करोड महिलाहरू विभिन्न सांस्कृतिक, सामाजिक र धार्मिक रीतिरिवाजको नाममा ‘जेनिटल म्युटिलेसन’ को सिकार भएका छन् ।

 के हो फिमेल जेनिटल म्युटिलेसन (महिला जननेन्द्रिय छेदन)?

फिमेल जेनिटल म्युटिलेशन अर्थात् ‘योनी छेदन प्रक्रिया’ लैङ्गिक असमनता र महिलामाथि भेदभावको चरम रूपकै कारण अस्तित्वमा आएको हो । डरलाग्दो एवम् घिनलाग्दो यस रुढीवादी कुसंस्कारको सिकार ४४ लाख महिलाहरू भइसकेका छन्, जसमा १५ वर्षमुनिका बालिकाहरू पनि रहेका छन् ।

चिकित्सकहरूद्वारा योनी छेदन गराउँदा सुरक्षित हुन्छ भन्ने विश्वासले अस्पतालमा महिलाको जननेन्द्रिय अङ्गहरू आंशिक वा पूर्वरूपमा हटाइने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनले एफजीएमलाई कुनै पनि हालतमा निरन्तरता नदिन बारबार आग्रह गरेको छ । युनिसेफको रिपोर्टअनुसार अनुसार  प्रत्येक वर्ष कम्तीमा १,२४० महिलाहरूको योनी विच्छेदन गरिन्छ ।

भारतको बोहरा मुस्लिम समुदाय (यमनको एउटा सिया समूह बोहरा, जो १६ औ शताब्दीतिर भारत आएको थियो) की मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिँडे,’ उनी स्मरण गर्छिन् ।

‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पुर्‍याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुईँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पाइन्ट खोलियो,’ सो घटनाबारे उनी बेलिबिस्तार लगाउँछिन्, ‘उनले मेरो हात समाइन भने अर्की महिलाले खुट्टा । त्यसपछि उनीहरूले मेरो योनी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरूले काटेको ठाउँमा केही कालो पाउडर छर्किदिए । पाइन्ट लगाइदिए र हजुरआमाले मलाई घर लगिन् ।’  (न्यूजअफनेपाल) ।’

 

फिमेल जेनिटल म्युटिलेसनसँग जोडिएका मिथकहरू : 

महिलाहरूमाथि हुने अत्याचार र हिंसालाई विभिन्न परम्परा र मिथकसँग जोडिन्छ । फिमेल जेनिटल म्युटिलेसन जस्तो बर्बर परम्परालाई दन्त्यकथा ठानी बचाउने काम भइरहेको छ ।

मुसलमान महिलाहरूलाई सानै उमेरमा अर्थात् वयस्क हुनु अघि नै महिला गोप्यअंगको माथिल्लो बाहिरी भाग काटेर फाल्ने प्रचलन रहेको छ ।अफ्रिकी देशहरूमा क्लिटोरिस समयमा काटिएन भने क्लिटोरिस अविश्वसनीय आकारमा बढ्छ भन्ने मिथक बरकरार छ । इजिप्टमा ३८ प्रतिशत, सुडानमा ६७ प्रतिशत, केन्यामा १५ प्रतिशत, नाइजेरियामा १३ प्रतिशत, गुइनामा १५ प्रतिशत यो विश्वास रहेको पाइन्छ  । भारत, पाकिस्तान, श्रीलङ्कामा पनि गोप्य रूपमा यो कार्य हुँदै आएको बताइन्छ । भारतको बोहरा मुस्लिम समुदायमा यो कुप्रथा अझै पनि विद्यमान रहेको पाइन्छ ।

अर्को मिथकअनुसार, कुनै पनि पुरुषले योनी छेदन नगरिएकी महिलासँग यौनसम्बन्ध राख्दा पुरुषले आफ्नो शक्ति गुमाउँदछ भन्ने मान्यता छ । कतै योनी छेदनपश्चात् बच्चा जन्माउन सजिलो हुने विश्वास छ, जसको कुनै वैज्ञानिक प्रमाण छैन । नेपालमै पनि, रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० शान्तिनगरकी ९ वर्षीया बालिकालाई १४ वर्षीय स्थानीय बालकद्वारा यौनाङ्गमा जबरजस्ती कोदालो घुसारिदिएको घटना हालसालै घटित भएको हो ।

फिमेल जेनिटल म्युटिलेसनको क्षति :

एफजीएम गर्दा महिलाहरूको स्वास्थ्य बिग्रँदै गएको थुप्रै उदाहरणहरू छन् । यसले महिलाको स्वस्थ र उसको सामान्य जनाङ्ग तन्तु हटाउने र क्षति पुर्‍याउने गर्छ। यसले महिलाहरूको प्राकृत शरीरमाथि पनि हस्तक्षेप गर्दछ ।

एफजीएमका तुरुन्तै देखिने केही जटिल समस्याहरू यसप्रकार छन्;

  • अत्यधिक दुखाइ
  • अत्यधिक रक्तस्राव (रक्तस्राव)
  • जननेन्द्रिय सुन्निने
  • ज्वरो
  • योनीमा सङ्क्रमणहरू
  • मूत्र समस्याहरू
  • घाउ निको नहुने, पोल्ने समस्या
  • ट्रमा
  • मृत्यु

दीर्घकालीन जटिलताहरू:

  • मूत्र समस्या (पिसाब गर्दा दुखाइ, मूत्रनली सङ्क्रमण)
  • योनीजन्य समस्याहरू र अन्य सङ्क्रमण
  • महिनावारी समस्याहरू (पीडादायक महिनावारी, महिनावारीको रगत बगाउन कठिनाइ, आदि)
  • यौन समस्याहरू (सम्भोगको समयमा दुखाइ, सन्तुष्टि कम हुनु, आदि)
  • बच्चा जन्माउँदा बढी जोखिम र नवजात शिशुको मृत्युको खतरा
  • मनोवैज्ञानिक समस्याहरू (अवसाद, चिन्ता, पोस्ट-ट्रामाटिक तनाव विकार, आत्म-सम्मानको क्षयीकरण, आदि)
  • What is FGM? | End FGM

३० लाखभन्दा बढी बालिकामाथि एफजीएमको खतरा

एफजीएम प्रायः बालिका वा किशोरावस्था केटीहरूमा (कहिलेकाहीँ वयस्क महिला पनि) गरिन्छ । अफ्रिकाको पश्चिमी, पूर्वी, र उत्तर-पूर्वी क्षेत्रहरू र मध्य पूर्वी एसियाका केही देशहरूमा यो अभ्यास आज पनि जारी छ । योनिच्छेद गरेपछि महिलाको यौन शक्ति घट्ने र बाहिर केटासँग बरालिँदै नहिँड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसंस्कारले जरा गाडेको छ । महिलाको यौन इच्छा नियन्त्रण गर्नु र उनलाई यौन कार्यमा कम आनन्ददायी बनाउनु नै यस कुसंस्कारको मुख्य उद्देश्य हो ।

सन् २००८ मा विश्व स्वास्थ्य सभाले एफजीएम उन्मूलनको सन्दर्भमा विश्व स्वास्थ्य सभाले आफ्नो सिक्स्टी फर्स्ट वर्ल्ड हेल्थ एसेम्बलीमा एफजीएम उन्मूलनको सन्दर्भमा एउटा प्रस्ताव पारित गरेको थियो, जसलाई ‘WHA61.16 प्रस्ताव’ भनिन्छ । यद्यपि एफजीएमलाई प्रतिबन्ध गर्न सकिएको छैन ।

विश्वस्तरमा दुई समय मिलियनभन्दा धेरै महिला र केटीहरिहरू यस कुसंस्कारको अधिनमा रहेका छन् । वार्षिक ३० लाखभन्दा बढी बालिका/किशोरीहरूमाथि एफजीएमको खतरा मडारिरहेको छ । यसकारण एफजीएम विश्वव्यापी चिन्ताको विषय हो ।

सम्बन्धित समाचार