शुक्रबार , अषोज १४, २०७९

‘शेरशाह’ वर्षकै उत्कृष्ट चलचित्र, रणवीर सिंह उत्कृष्ट अभिनेता

मंगलवार साँझ भएको कार्यक्रममा चलचित्र ‘शेरशाह’ बाटै विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । त्यसैगरि चलचित्र ‘८३’ बाट रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् ।

image

काठमाडौं । बलिउड चलचित्र ‘शेरशाह’ लाई ‘फिल्मफेयर अवार्ड २०२२’ मा उत्कृष्ट फिल्म घोषित गरिएको छ। मुम्बईमा आयोजना भएको ६७ औँ संस्करणको अवार्ड कार्यक्रममा सिद्धार्थ मल्होत्राको अभिनय रहेको चलचित्र ‘शेरशाह’ वर्षको उत्कृष्ट चलचित्र घोषित भएको हो ।

मंगलवार साँझ भएको कार्यक्रममा चलचित्र ‘शेरशाह’ बाटै विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । त्यसैगरि चलचित्र ‘८३’ बाट रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । कृति सेननले चलचित्र ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् ।

अभिनेत्री विद्या बालनले चलचित्र ‘शेरनी’ बाट उत्कृष्ट क्रिटिक्स अवार्ड पाएकी छिन् भने विक्की कौशलले चलचित्र ‘सरदार उधम’ बाट बेस्ट एक्टर क्रिटिक्सको अवार्ड पाएका छन् । रणवीर सिंह र अर्जुन कपुरले सञ्चालन गरेको कार्यक्रममा वरुण धवन, कियारा आडवाणी लगायतका धेरै बलिउड कलाकारहरूले प्रस्तुती दिएका थिए ।

Tags:

सम्बन्धित समाचार