आइतबार , फागुण १३, २०८०

तीन सयले घट्यो सुनको मूल्य

आज चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएकोे छ । 

image

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रु ९५ हजार नौ सय कायम भएको छ ।

त्यसैगरि तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार चार सयरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणले जनाएको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार सात सय थियो ।

आज चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएकोे छ ।

Tags:

सम्बन्धित समाचार