शुक्रबार , अषोज १४, २०७९

इन्द्रजात्रा : कुमारी, गणेश र भैरवको रथ तल्लो टोलमा तानियो

image

काठमाडौं : यँया: (इन्द्रजात्रा)को तेस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा निकालेर धुमधामका साथ् मनाइएको छ । हजारौं जनसहभागिताका बीच आज ‘क्व:नेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो ।

साँझ करिब साढे ५ बजे सुरु भएको रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, महानगर प्रमुख बालेन शाह लगायत गद्दी बैठक पुगेका थिए । बालेन शाहको क्रेजको साथै ‘बालेन, बालेन’ को नारा नै लागेको थियो ।

शुक्रवार काठमाडौंको हनुमानढोका गद्दी बैठक पुग्नेहरूमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको थियो । इन्द्रजात्रा अवलोकन अघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजापाठ गरेकी थिइन् ।

वसन्तपुरस्थित कुमारी घर अगाडिबाट सुरु भएको रथयात्रा मरु, चिकंमुगल, मजिपात, जैशीदेवल, लगन, वन्डे, क्व: हिति हुँदै फेरि वसन्तुपर पुगेर आजको रथयात्रा समापन गर्ने गरिन्छ । रथ यात्रा सम्पन्न भएपश्चात् वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमत:’ ल्याउने परम्परा रहेको छ, यो रातिको समयमा हुने गर्दछ ।

जात्राको क्रममा  मजिपा लाखे आजु, सव:भक्कु, पुलुकिसी नाचका साथै दशअवतार प्रस्तुत गर्ने प्रचलन रहेको छ । यसका साथै इन्द्रचोक सेतो आकाश भैरव प्रदर्शन गरिएको थियो । चोकचोकमा देवताहरू देखाउने क्रममा जात्राअवधिभर चल्ने गर्दछ ।

भोलि भदौ २५ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा) रथ यात्रा गराइन्छ । भाद्र २९ गते नानिचा: यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ ।

तस्बीर : राजु झल्लु प्रसाद/हिमाल दर्पण

यो पनि पढ्नुहोस्;

इन्द्रजात्रा- इन्द्रको आमासँग कुहिरो माग्नु पर्ने दिन फेरी आएको हो ?
‘सांस्कृतिक पितृसत्ता’ काे भागीदारमा कुमारी प्रथा
इन्द्रजात्रा – भोटाहिटीको इन्द्रध्वज कालभैरव अगाडि आइपुग्यो
दन्त्यकथा भन्छ- पारिजात फूल चोर्न आएका इन्द्रको हातखुट्टा बाँधिएको थियो
७०० वर्ष पुरानो परम्परा सुधार्न कटिबद्ध बनेकी पुर्व कुमारी ‘चनिरा बज्राचार्य’
तन्त्रमा कुमारीको प्रभाव
इन्द्रजात्रा अर्थात् ‘जात्रै-जात्रा’
पुलुकिसि प्याखं: पारिजात फूल चोर्ने इन्द्र हुन् वा छोरा जयन्त ?

Tags:

सम्बन्धित समाचार