बुधबार , जेठ १७, २०८०

न्यायपरिषद्द्वारा सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

image

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त रहेको पदका लागि न्यायपरिषद् बैठकले तीन न्यायाधीश सिफारिस गरेको छ ।

परिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतमा रिक्त तीन न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

संवैधानिक व्यवस्थानुसार सर्वोच्च अदालतका लागि न्यायपरिषद्ले सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसदमा पठाउनु पर्दछ ।

परिषद्ले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका विभागीय प्रमुख डिएन पराजुलीलाई नियुक्तिका लागि सिफारिस गरेको बताइएको छ ।

उनीहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ ।

Tags:
judges

सम्बन्धित समाचार