मंगलबार , जेठ १६, २०८०

प्रमोद खरेलको नयाँ गीत ‘के अर्थ’ सार्वजनिक

image

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत ‘के अर्थ’ सार्वजनिक भएको छ । हिजो सोमवार सार्वजनिक गरिएको गीतमा एन बि अधिकारीको शब्द रहेको छ भने अजय तामाङको सङ्गीत रहेको छ ।

सुबिन सेन्चुरीको सङ्गीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सीङ तथा मास्टरिङ रहेको छ । एक जोडीको प्रेम सम्बन्धको उतारचढाव देखाइएको गीतको भिडियोमा सुरज अधिकारी र प्रियना आचार्यले कुशल अभिनय प्रस्तुत गरेका छन् । सुबोल थापाको कन्सेप्ट र निर्देशन रहेको गीतको भिडियोका सह-निर्देशक सुरज माझी र देव दोर्जे लामा रहेका छन् ।

यात्रा इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले यतिबेला राम्रो चर्चा बटुलीरहेको छ ।

भिडियो

सम्बन्धित समाचार