शुक्रबार , अषोज १४, २०७९

कपनमा आगलागी : प्रख्यात आरोही निर्मल पुर्जाको कार्यालय

image

काठमाडौं । काठमाडौंको कपनमा भएको आगलागी  कार्यालय कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जाको भएको पाइएको छ । बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा रहेको एलिट हिमालयन एड्भेन्चरको कार्यालयमा आगलागी भएको हो ।

यो कार्यालय हिमाल आरोही पुर्जा र उनका साझेदारहरूको हो । यही टिमका सदस्य मिङ्मा डेभिड शेर्पाका अनुसार उनीहरूको कार्यालयमा ट्रेकिङ र हिमाल आरोहणका निम्ति राखिएका अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको हो । आगलागीमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

मृतकमध्ये एक जना आफ्नै भाइ रहेको मिङ्माले जानकारी दिए । बाँकी उनका कार्यालयका कर्मचारी हुन् ।    

सम्बन्धित समाचार